मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस मकवानपुर
२०७७ श्रावण ३० शुक्रबार ०७:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले त्रिभुवन राजपथ अवरुद्ध, एक बेपत्ता, चार गाडी पुरिए

Read Time : < 1 मिनेट
रासस मकवानपुर
२०७७ श्रावण ३० शुक्रबार ०७:२४:००

त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका– १२ स्थित गैरीगाउँमा पहिरो खस्दा एकजना बेपत्ता भएका छन् । 

पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए ।  

बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुंगाखानी जाने सडकमाथि ढिस्को खसेको थियो । पहिरोमा परी एउटा एक्स्काभेटर र तीनवटा टिपर पुरिएका छन् । खानीबाट ढुंगा निकाल्ने एक्स्काभेटर र ढुंगा बोक्ने टिपर सडकमा रोकिराखेको अवस्थामा पहिरोमा परेका हुन् । ती गाडीमा रहेका व्यक्ति भने गाडीको सिसा फुटाएर बाहिर निस्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

पहिरोपछि सम्पर्कविहीन भएका मोक्तान ढुंगाखानीकै कर्मचारीको रूपमा रेखदेखको काम गर्दै आएका थिए । उनी पहिराेमा परेर बेपत्ता भएपछि बेहोस भएकी उनकी पत्नीलाई उपचारका लागि राति नै नौखण्डैस्थित स्वास्थ्यचौकी लगिएकाे छ । 

पहिरोले सडक पुरिएपछि त्रिभुवन राजपथ अवरुद्ध भएको छ । घटनाको खबर पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोली घटनास्थल पुगेको भए पनि उद्धार गर्न नसकेपछि राति फर्किएको थियो । उद्धारका लागि बिहान प्रहरी घटनास्थल पुगिसकेको छ ।