१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस काठमाडौं
२०७७ श्रावण २९ बिहीबार २०:४३:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कर्मचारी र सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ख्याल गरेर सेवा देऊ : राष्ट्र बैंक

Read Time : < 1 मिनेट
रासस काठमाडौं
२०७७ श्रावण २९ बिहीबार २०:४३:००

नेपाल राष्ट्र बैंकले आफ्नै खर्चमा बैंक तथा वित्तीय संस्थाले कोभिड– १९ संक्रमण भएका र उनीहरूको सम्पर्कमा आएकाहरूको परीक्षण गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले बिहीबार विशेष परिपत्र जारी गर्दै कोरोना संक्रमण दिनानुदिन बढ्दै गएकाले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी र सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर बैंकिङ सेवा प्रदान गर्न निर्देशन दिएको हो । 

बैंकले कोभिड– १९ बाट संक्रमित कर्मचारीलाई व्यवस्थित रूपमा घर, अस्पताल वा होटेलमा सुरक्षित आइसोलेसनमा राख्न र संक्रमितको  सम्पर्कमा आएकाको ‘कन्ट्याक ट्रेसिङ’ गर्न भनेको छ । संक्रमित कर्मचारीलाई  आवश्यकतानुसार घर वा होटेलमा सुरक्षित तरिकाले राख्न र त्यसको सम्पूर्ण खर्चसमेत बैंक तथा वित्तीय संस्थाले नै व्यहोर्नुपर्ने निर्देशनमा उल्लेख छ । 

आइसोलेसन तथा क्वारेन्टाइनमा रहेका संक्रमित कर्मचारीको पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएपछि मात्र कार्यालय आउने व्यवस्था गर्न आग्रह गरिएको छ ।  केन्द्रीय बैंकले २०० जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला र काठमाडौं उपत्यकाभित्रका बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारीलाई आलोपालो प्रणालीबाट कार्यसम्पादन गराउनसमेत निर्देशन जारी गरेको छ । 

यस्तै बाँकी कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउनुपर्ने, हाजिरी हुने व्यवस्था गर्नुपर्ने र पूरा तलब दिनुपर्ने निर्देशनमा उल्लेख छ । 


बैंकले घरबाटै काम गर्ने कर्मचारीको हाजिरीमा अतिरिक्त बिदा र ‘वर्क फ्रम होम’ उल्लेख गरी हाजिरी गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।