१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २९ बिहीबार १५:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा विवाद : बालुवाटारमा दुई अध्यक्षबीचको छलफल सकिएलगत्तै प्रचण्ड–नेपाल समूहको प्रदेशस्तरीय केन्द्रीय सदस्यको भेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २९ बिहीबार १५:५६:००

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले लगातार निकट केन्द्रीय सदस्यहरूको भेला गरेका छन् । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग छलफल सकिएलगत्तै प्रचण्ड ५ नम्बर प्रदेशका केन्द्रीय सदस्यहरूसँगको छलफलमा सहभागी हुँदै छन् ।

बुधबार गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूको भेला गरेको प्रचण्ड–नेपाल समूहले बिहीबार (आज) थापागाउँस्थित एक कलेजमा अपराह्न ४ बजेबाट ५ नम्बर प्रदेशका केन्द्रीय सदस्यहरूको भेला गरेको हो । 

केही दिनअघि सोही स्थानमा प्रचण्ड–नेपाल समूहका २ नम्बर प्रदेशका केन्द्रीय सदस्यहरूको भेला सम्पन्न भएको थियो । 

भेलालाई अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको एक केन्द्रीय सदस्यले बताए ।