१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ श्रावण २९ बिहीबार १५:२०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

यसकारण छोराछोरी पढाउँदैनन् राउटे

Read Time : > 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ श्रावण २९ बिहीबार १५:२०:००

कर्णाली प्रदेशमा जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे जाती आफ्ना छोराछोरीलाई स्कुल पढाउन मान्दैनन् । उनीहरु परापूर्व कालदेखि नै फिरन्ते जीवन बिताउने गरेका कारणले पढाउन नमान्ने गरेका हुन् । 

कर्णाली प्रदेशका विभिन्न जिल्लामा घुमिरहने राउटेहरु अहिले दैलेखको गुराँस गाउँपालिका–८ धरमपोखरामा बस्दै आएका छन् । लकडाउनका बेला सुर्खेतको भेरीगंगा नगरपालिका–२ सत्तरीमा बस्दै आएका उनीहरु अहिले दैलेखको धरमपोखरामा पुगेका छन् । 

फिरन्ते जीवन बिताउँदै आएका उनीहरुमा छोराछोरीलाई स्कुल पठाउनु हुँदैन भन्ने छ ।  हामी जंगलमा बस्ने जातीले छोराछोरीलाई स्कुल पठाउन नहुने राउटे मुखिया वीरबहादुर शाहीले बताए । ‘हामीले छोराछोरी स्कुल पठाउनु हुदैँन् ।’ उनले भने,‘हाम्रो चलन अनुसार पढ्यो भने राम्रो हुन्न ।’

स्कुल पढ्न चाहेमा शिक्षकको समेत व्यवस्था गर्ने आफुले तयारी गरेको तर, राउटेले आफ्ना छोराछोरीलाई पढाउन नै नमान्ने गरेको दैलेख गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए । ‘उनीहरु आफ्ना बालबालिकालाई पढाउन नै मान्दैनन् ।’ उनले भने,‘हामीले शिक्षक सहितको व्यवस्था गरेर पढाउन सक्थ्यौं ।’ 

नागरिकता लिए पानीमा भिज्छ, आगोले जलाउँछ 
राउटेहरुलाई दैलेखको गुराँस गाउँपालिकाले नेपाली नागरिकता दिलाउन पहल थालेको छ । गाउँपालिकाले नेपाली नागरिकता दिलाउँन पहल थालेपछि राउटेहरुले नेपाली नागरिकता लिएर के गर्ने ? प्रश्न गर्न थालेका छन् । 

‘नागरिकता लिएर के गर्ने ? पानी आए भिजिजान्छ । हिउँदमा आगलागी भएर जलिजान्छ ।’ राउटे मुखिया वीरबहादुर शाही भन्छन्,‘त्यसैले हामी नागरिकता नलिने ।’
गत आर्थिक वर्षमा नै कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्राललयले नेपाली नागरिकता दिन पहल गरेको भएपनि अहिलेसम्म राउटेहरुले नेपाली नागरिकता लिन अस्वीकार गर्दै आएका छन् । आफुहरु वास्तविक नेपाली भएका कारणले नागरिकता आवश्यक नरहेको मुखिया वीरबहादुर शाहीले बताए । ‘हामी नेपाली हौं, नागरिकता मात्र किन चाहियो ।’ उनले भने,‘सरकारले हामीलाई खान बस्न हेरिदिए पुग्छ ।’

प्रायः फिरन्ते जीवन बिताउँदै आएका राउटेहरुले कहिलेकाही कतै गएपनि प्रायः गुराँस गाउँपालिकामा नै बस्ने गरेको गाउँपालिका अध्यक्ष खेमराज वलीले बताए । ‘विगत यताउती डुलिरहने राउटेहरु अहिले भने वर्षमा एक चोटी अन्त गएपनि हाम्रो गाउँपालिकामा नै बस्न थालेका छन् ।’ उनले भने,‘त्यसैले अहिले अस्थायी परिचय पत्र दिएको छ । अबका दिन नेपाली नागरिकता दिन पहल थालिने छ ।’

लकडाउनले खानबस्न समस्या
कोरोना भाइरसका कारणले विगत ४ महिनादेखि लकडाउन भएका कारणले राउटेहरुलाई खानबस्नमा समस्या भएको छ ।  आफुहरुले निर्माण गरेका काठमा सामानहरु गाउँमा बेच्न तथा खान समस्या भएको राउटे शिवराज शाहीले बताए । ‘हामीले निर्माण गरेको काठका सामान गाउँमा बेच्न पाएका छैनौं ।’ उनले भने,‘खानबस्नको निकै समस्या भएको छ ।’

खानाको समस्या परेको खबर पाएपछि स्याफ्रन नेपाल सुर्खेतका प्रमुख शैलेन्द्र बिष्टको संयोजनमा उषा थापामार्फत जाउलाखेल ग्रुप अफ इडष्ट्रिज, ललितपुरका संचालक म्यागी शाहले रु.५० हजार, ललितपुर जाउलाखेलका विवेक बिष्टले रु. ५ हजार नेपाल एकिकृत ग्रामिण विकास केन्द्र, ललिलपुरका शैलेन्द्र बिष्टले रु. ७ हजार सहयोग गरेर मंगलबार राउटे बस्तीमा खाद्यान्न वितरण गरिएको छ ।