मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २९ बिहीबार १५:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपाका दुई अध्यक्षबीचको छलफल सकियो, छलफल सकारात्मक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २९ बिहीबार १५:२९:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । 

छलफल पार्टीभित्र देखिएको समस्या समाधानका लागि सकारात्मक बनेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । पार्टीभित्रको समस्या समाधान गर्ने कोणबाट छलफल अघि बढेको उनले बताए । 

अध्यक्ष ओली र दाहालबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म चार घन्टा लामो छलफल भएको हो । 
उनीहरूबीच भोलि अर्थात् शुक्रबार पनि फेरि छलफल गर्ने तालिका राखिएको छ । 

दुई अध्यक्षबीच छलफल चलिरहँदा नेकपाका महासचिव विष्णु पौडेल र नेताहरू शंकर पोखरेल तथा जनार्दन शर्मा पनि बालुवाटार पुगेको बालुवाटार स्रोतले जनाएको छ । 

तर, उनीहरू अध्यक्षद्वयको छलफलमा सहभागी भए–नभएको भन्नेबारे स्रोतले केही खुलाएन ।