मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण २९ बिहीबार १५:०८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

वीरेन्द्रनगर नगरपालिकाले एक साता कार्यालय बन्द गर्ने

Read Time : < 1 मिनेट
२०७७ श्रावण २९ बिहीबार १५:०८:००

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा सुमदायस्तरमा नै कोरोना संक्रमण फैलिन थालेपछि नगरपालिकाले सेवा बन्द गर्ने भएको छ । 

कोरोना संक्रमण बढ्न थालेपछि ३० साउनदेखि ५ भदौसम्म नगरपालिका, सबै वडा कार्यालय र नगरपालिकामातहतका सबै कार्यालयबाट प्रदान हुने सेवा बन्द गर्ने निर्णय गरेको हो । 

संक्रमितको संख्या बढ्दै गएकाले नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले सेवा बन्द गर्ने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी उत्तमप्रसाद आचार्यले बताए । 

‘स्वास्थ्य, सरसफाइ, फोहोरमैला तथा विपत् व्यवस्थापनबाहेकका सेवा बन्द गरिएको छ,’ उनले भने, ‘अहिले समुदायस्तरमा नै कोरोना संक्रमण फैलिएकाले रोकथामका लागि सेवा बन्द गरिएको छ ।’ 

बुधबार वीरेन्द्रनगर नगरपालिकामा १९ जनामा संक्रमण देखिएको तीमध्ये पाँचजना समुदायका हुन् ।

त्यस्तै, बिहीबार वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १० र १३ मा १७ जनामा कोरोना संक्रमण फेला परेको थियो । नगरपालिकामा १६ वटा वडा रहेका छन् ।