मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण २९ बिहीबार १४:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बर्दियामा थप तीन दिन निषेधाज्ञा 

Read Time : < 1 मिनेट
२०७७ श्रावण २९ बिहीबार १४:५६:००

कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र बर्दियाले थप तीन दिन निषेधाज्ञा जारी गरेको छ । गत २५ गतेबाट जारी भएको निषेधाज्ञालाई साउन ३२ गते राति १२ बजेसम्म थप गरेको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन र संक्रमणको जोखिम कम गर्न निषेधाज्ञा थप गरिएको हो ।  

जिल्ला प्रशासन कार्यालय बर्दियाका सूचना अधिकारी नारायण ढकालका अनुसार निषेधाज्ञा अवधिभर औषधाेपचार र अत्यावश्यक खाद्यवस्तु खरिदबाहेकका काममा कोही पनि घरदेखि बाहिर निस्कन पाइनेछैन । त्यसैगरी अनुमतिप्राप्त सवारीसाधनबाहेक कुनै पनि सवारीसाधन आवतजावत गर्न निषेध गरिएको छ । 

निषेधाज्ञासँगै जोखिमयुक्त क्षेत्रमा गरिँदै आएको परीक्षणको दायरा बढाउने निर्णय गरेको सूचना अधिकारी ढकालले जानकारी दिए ।  

दुईवटा बैंकका शाखा सिल
गुलरियामा रहेको मुक्तिनाथ विकास बैंक र बढैयाताल गाउँपालिको मैनापोखरमा रहेको सिटिजन्स बैंकका कर्मचारीलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि ती बैंकहरू सिल गरिएका छन् ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकको निर्णयबाट बैंकलाई सिल गरिएको हो । बैठकले दुवै बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तत्काल पिसिआर परीक्षण गराउन र रिपोर्ट नआएसम्म बैंक सिल गर्न  निर्देशन दिएको छ ।