मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रासस/एपी थिम्पु
२०७७ श्रावण २९ बिहीबार १४:५४:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भुटानमा राष्ट्रव्यापी लकडाउन

Read Time : < 1 मिनेट
रासस/एपी थिम्पु
२०७७ श्रावण २९ बिहीबार १४:५४:००

कोरोना भाइरस नियन्त्रणका लागि भन्दै भुटानले राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ । 

विदेशबाट फर्किएका एकजनामा कोरोना संक्रमण देखिएपछि लकडाउन गर्नुपरेको भुटान सरकारले जनाएको छ । 

भुटानमा हाल करिब सात लाख ५० हजार जनसंख्या छ । सरकारी आदेशसँगै भुटानका सबै विद्यालय, कार्यालय र व्यावसायिक संरचनाहरू बन्द गरिएका छन् । 

लकडाउन अवधिमा सबै संक्रमितको पहिचान गरेर अलग्याउने जनाउँदै सरकारले यस कार्यबाट भाइरस प्रसारको साङ्लो तोडिने विश्वास लिएको छ । 

कुवेतबाट फर्किएकी एक २७ वर्षीया महिलालाई अनिवार्य क्वारेन्टाइनमा राखेर घर पठाएपछि सोमबार पुनः परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

उनी भुटानका विभिन्न स्थानमा घुमेको सरकारको आशंका छ । 

पर्यटन आश्रित मुलुक भुटानले एक अमेरिकी पर्यटकमा कोरोना पुष्टि भएर अस्पताल भर्ना भएलगत्तै गत मार्चमा विदेशी पर्यटकको प्रवेशमा रोक लगाएको छ ।