मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ श्रावण २९ बिहीबार १४:२३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

दश प्रहरीसहित मकवानपुरमा ३७ जना कोरोना संक्रमित थपिए

Read Time : < 1 मिनेट
२०७७ श्रावण २९ बिहीबार १४:२३:००

बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत दशजना नेपाल प्रहरीसहित मकवानपुरमा ३७ जना कोरोना संक्रमित थपिएका छन् । 

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रकोे प्रादेशिक कोरोना प्रयोगशालामा बिहीबार बिहान गरिएको परीक्षणमा नेपाल प्रहरीका दश, हेटौँडा उपमहानगरपालिका क्षेत्रका १८, जिल्लाका तीनवटा स्थानीय तहका सात र अन्यत्र जिल्ला स्थायी ठेगाना भई मकवानपुर बस्दै आएका दुईजनामा संक्रमण पुष्टि भएको हो । 

जिल्लामा एकैदिन ३७ जना थपिएसँगै सक्रिय संक्रमितको संख्या ८७ पुगेको छ ।

संक्रमण पुष्टि हुनेमा हेटौँडा– ९ का सातजना, हेटौँडा ५ र ४ नम्बर वडाका चार–चारजना, हेटौँडा– २, १० र १३ नम्बर वडाका एक–एकजना र भीमफेदी गाउँपालिकाका तीन, बकैया गाउँपालिका र थाहा नगरपालिकका दुई–दुईजनालाई संक्रमण देखिएको आइसोलेसन वार्ड प्रमुख भोला चौलागाईंले जानकारी दिए । 

त्यस्तै, काठमाडौं र चितवन स्थायी घर ठेगाना भई मकवानपुर बस्दै आएका दुईजनालाई पनि संक्रमण देखिएको चौलागाईंले बताए । 

मकवानपुरमा गत सातादेखि संक्रमितको संख्या बढेको छ । संक्रमित बढेसँगै हाल हेटौँडा उपमहानगर क्षेत्र र मनहरी गाउँपालिकामा पर्ने पूर्व–पश्चिम राजमार्गको पाँच–पाँच सय मिटर दायाँ–बायाँमा ३२ साउनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । 

बागमती प्रदेशमा बुधबारसम्म संक्रमितको संख्या दुई हजार एक सय ६७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।