सुनको मूल्य बिहीबार फेरि प्रतितोला दुई हजार चार सय वृद्धि भएको छ ।
बुधबार ६ हजार दुई सय मूल्य घटेकोमा बिहीबार फेरि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाला सुनको बुधबार ९५ हजार चार सय मूल्य रहेकोमा आज बढेर प्रतितोला ९७ हजार आठ सय पुगेको छ । तेजाबी सुनको मूल्य पनि प्रतितोला ९४ हजार नौ सयबाट बढेर ९७ हजार तीन सय पुगेको छ ।
तोलामा एक लाखमाथि पुगेको सुनको मूल्य केही दिनयता निरन्तर घटेर आज फेरि वृद्धि भएको हो । राससका अनुसार २३ साउनमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । सो दिन छापावाला सुन प्रतितोला एक लाख तीन हजार पाँच सय र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार पुगेको थियो ।
चाँदीको मूल्यमा पनि प्रतितोला ८५ रुपैयाँ वृद्धि भएको छ । महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ९५ तोकेको छ ।