Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २९ बिहीबार १३:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरी महानिरीक्षकका अधिकार विकेन्द्रित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २९ बिहीबार १३:०८:००

प्रहरी प्रधान कार्यालयले महानिरीक्षकमा केन्द्रित केही अधिकार विकेन्द्रित गर्ने निर्णय गरेको छ । 

बुधबार बसेको प्रहरीको नीति निर्माण समिति (पिसिसी)को बैठकमार्फत प्रहरी महानिरीक्षकको सचिवालयमा केन्द्रित अधिकार अन्य विभागमा बाँडफाँड गर्ने निर्णय गरेको हो ।  

बैठकले महानिरीक्षकको सचिवालयमातहतका महाशाखाहरूलाई अन्य विभागअन्तर्गत राख्ने निर्णय गरेको छ । 

समुदाय प्रहरी साझेदारी कार्यक्रम हेर्ने जिम्मेवारी कार्य तथा अपराध अनुसन्धान विभागअन्तर्गतको सुरक्षा महाशाखालाई दिइएको छ भने सवारी महाशाखा पनि अपराध अनुसन्धान विभागअन्तर्गत राखिएको छ । 

सचिवालयमातहत रहेका प्रशासन महाशाखा, युएन महाशाखालाई मानव स्रोत तथा प्रशासन विभागमातहत राखिएको छ । 

त्यस्तै, नेपाल प्रहरी संगीत विद्यालयलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानअन्तर्गत तथा नयाँ दिल्लीस्थित नेपाली दूतावासको काउन्सिलरसँग समन्वय गर्ने जिम्मेवारी कार्य विभागलाई दिइएको छ ।

सर्वेन्द्र खनालको कार्यकालमा उनले प्रहरीका कामहरू महानिरीक्षकको सचिवालयमा केन्द्रीकृत गरेका थिए । त्यसलाई हाल हेरफेर गरिएको हो । 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नियुक्त भएकै दिनमा आफू सामूहिक नेतृत्व प्रणालीमा चल्ने घोषणा गरेका थिए । 

सोहीअनुसार महानिरीक्षकमा केन्द्रित अधिकार उनले विकेन्द्रित गरेको एक प्रहरी अधिकारीले बताए । 

त्यस्तै बैठकले प्रहरीको पोसाकको गुणस्तर बढाउनेसम्बन्धी स्पेसिफिकेसन पारित गरेको छ । 

सबै प्रहरीलाई नेपाल प्रहरीको मोबाइल एप प्रयोग गर्न अनिवार्य गर्ने निर्णय भएको छ । 

त्यस्तै, प्रहरी दिवस र अमर प्रहरीलाई श्रद्धाञ्जली कार्यक्रम फरक–फरक दिनमा आयोजना गर्ने निर्णयसमेत गरिएको छ ।