मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण २९ बिहीबार ११:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नौ दिनपछि नेकपाका दुई अध्यक्षबीच भेट 

Read Time : < 1 मिनेट
२०७७ श्रावण २९ बिहीबार ११:४७:००

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दिनभित्र नेकपामा देखिएको विवाद समाधान हुने बताएको भोलिपल्टै नौ दिनपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता भएको छ ।

२० साउनमा भेट भएयता दुवै अध्यक्षबीच संवादविहीनता थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार केहीबेर अघि प्रधानमन्त्रीनिवास  बालुवाटारमा वार्ता सुरु भएको छ । दुई अध्यक्षबीचको  संवादले विवाद समाधानको बाटो खोज्ने थापाको भनाइ छ । 

स्थायी कमिटी बैठकमा ओलीको  राजीनामा मागेपछि नेकपाभित्र विवाद चुलिएको थियो । राजीनामा नदिने अडानमा रहेका ओली र प्रचण्डबीच बोलचालसमेत बन्द भएको थियो ।