१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ श्रावण २९ बिहीबार ११:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुकाएर राखेको अवस्थामा सुनका गहना बरामद

Read Time : < 1 मिनेट
२०७७ श्रावण २९ बिहीबार ११:४८:००

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ३ मा प्रहरीले बुधबार राति लुकाएर राखेको बहुमूल्य गहना फेला पारेको छ । 

प्रहरीले वीरेन्द्रनगर नगरपालिका– ३ का मानबहादुर सुनारको आँगनको धारामा लुकाएर राखेको हिराजडित सुनका बहुमूल्य गहना फेला पारेको हो । 

विशेष सूचनाको आधारमा मानबहादुर सुनारको घरमा सुन रहेको भन्ने सूचनाका आधारमा घरमा खानतलासी गर्दा केही पहेलो रंगको धातुजस्तो देखिने वस्तु भेटिएको थियो । 

उक्त वस्तुका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले बताए । 

‘हामी अनुसन्धानको प्रक्रियामा लागिरहेका छौँ,’ उनले भने, ‘दुई थान हातमा लगाउने कडा, १६ थान चुडा, चार थान श्रीफुल, पाँच थान झुम्का, तीन थान क्लिप, एक थान काँटा भेटिएको छ ।’

उक्त वस्तु किन यसरी धारामा लुकाएर राखियो ?, कहाँबाट ल्याइयो ? कहाँ लान खोजिएको थियो भन्नेजस्ता विषयमा अनुसन्धान जारी रहेको उनले बताए ।