१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २९ बिहीबार ०६:००:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिद्धार्थ बैंकद्वारा कोरोना कोषमा सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २९ बिहीबार ०६:००:००

सिद्धार्थ बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको रकम सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई हस्तान्तरण गरेको छ । बैंकले २ करोड ६७ लाख २८ हजार रुपैयाँ कोषलाई हस्तान्तरण गरेको हो । 

उक्त रकम अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा बैंकका अध्यक्ष मनोजकुमार केडियाले अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेको बैंकले जनाएको छ । उक्त अवसरमा अर्थमन्त्री डा. खतिवडाले बैंकलाई धन्यवाद दिँदै प्राप्त रकम सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा नै सदुपयोेग गर्ने बताए । 

यसअघि पनि बैंकले प्रदेश सरकार तथा विभिन्न स्थानीय तहलाई गरी ७६ लाख २४ हजार रुपैयाँ सहयोग प्रदान गरिसकेको जनाएको छ ।

कोरोेना भाइरस संक्रमण रोकथाममा बैंकले हालसम्म ३ करोड ४३ लाख ५२ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । यसरी प्रदान गरिएको रकमबाट कोरोना भाइरस संक्रमण रोेकथाम तथा उपचारका लागि सघाउ पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।