मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ श्रावण २९ बिहीबार ०८:४४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पर्सामा थप ३५ जनामा कोरोना संक्रमण 

Read Time : < 1 मिनेट
२०७७ श्रावण २९ बिहीबार ०८:४४:००

पर्सामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालको प्रयोगशालामा बुधबार साँझ गरिएको पिसिआर परीक्षणमा १० महिलासहित ३५ जना संक्रमित थपिएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिए । 

संक्रमण पुष्टि हुनेमा सात वर्षदेखि ६२ वर्ष उमेर समूहका व्यक्ति छन् । तीमध्ये अधिकांश कन्ट्याक्ट ट्रेसिङ र स्वेच्छाले पैसा तिरेर परीक्षण गराएका रहेकाे डा. उपाध्यायले बताए ।  

बुधबार राति थपिएका नयाँ संक्रमितमध्ये बाराका एकजना र बाँकी सबै पर्साका रहेकाे अस्पतालले जनाएकाे छ । योसँगै पर्सामा संक्रमितको संख्या एक हजार एक सय ४४ पुगेको छ ।