१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २९ बिहीबार ०६:०९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सामसङको ग्यालेक्सी नोट२० र नोट२० अल्ट्राको प्रि-बुकिङ खुला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २९ बिहीबार ०६:०९:००

सामसङले ग्यालेक्सी नोट२० र नोट२० अल्ट्रा स्मार्ट फोनको प्रि-बुकिङ खुला गरेको छ । कम्पनीले विभिन्न अफरहरूका साथ प्रि-बुकिङ खुला गरेको हो । 

ग्यालेक्सी नोट२० सिरिजका मोबाइलहरूले कम्प्युटरको जस्तै काम गर्ने कम्पनीको दाबी छ । यसमा प्रो–गेमहरू सहजै खेल्न सकिने जनाइएको छ । यो फोन नोट पारखीलाई लक्षित गरी निर्माण गरिएको हो ।  नोट२० मिस्टिक ब्रोन्ज, मिस्टिक ग्रे र मिस्टिक ग्रिन रङमा उपलब्ध रहेको जनाइएको छ । नोट२० अल्ट्रा मिस्टिक ब्रोन्ज र मिस्टिक ब्ल्याक रङमा उपलब्ध हुने जनाइएको छ ।  

अफर 

ग्यालेक्सी नोट२० अल्ट्राको प्रि-बुकिङ गर्नेे ग्राहकलाई विभिन्न छनोट दिइएको जनाइएको छ । जसमध्ये ग्यालेक्सी बडप्लस लिन सक्नेछन् । त्यस्तै, ग्यालेक्सी वाच ३ लिन चाहेमा ३० हजार रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै, ग्यालेक्सी वाच ३ लिन चाहेमा २८ हजार रुपैयाँमै खरिद गर्न सक्ने जनाइएको छ । यसबाहेक ग्राहकले ३२ इन्चको एलइडी टिभी ९ हजार रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । 

नोट२० प्रि–बुकिङ गर्ने ग्राहकले ग्यालेक्सी बडप्लस पाउनेछन् । यो नलिई ग्यालेक्सी वाच ३ (४५ एमएम) लिन चाहेमा उक्त वाच ३२ हजार रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै, ग्यालेक्सी वाच ३ खरिद गर्न चाहेमा ३० हजार रुपैयाँमा खरिद गर्न सक्ने जनाइएको छ । ग्राहकले ३२ इन्चको एलइडी टिभी खरिद गर्न चाहेमा १० हजार रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । 

यसका साथै, प्रि-अर्डर गर्दा टर्किस एयरलाइन्सको बिजिनेस क्लासको टिकट खरिदमा ७ प्रतिशतसम्म छुट तथा इकोनोमिक क्लासको टिकटमा ५ प्रतिशतसम्म छुट उपलब्ध गराउने कम्पनीले जनाएको छ । यसबाहेक सहुलियत दरमा वाटर फ्रन्ट रिसोर्टेका रुमहरू उपलब्ध गराउने, लेट मी इनको सेवामा छुट दिने र सेलपेका प्रयोगकर्तालाई लोयल्टी प्वाइन्ट दिने कम्पनीले जनाएको छ । 

अग्रिम अर्डर गरेका ग्राहकलाई एकपटकको टुटफुटमा एनएलजी इस्योरेन्सबाट एक वर्षको बिमा तथा विभिन्न बैंकबाट मासिक किस्तामा खरिद गर्न सकिने सुविधा रहेको जनाइएको छ । 

लक्की ड्र 

अग्रिम अर्डर गर्ने ग्राहकमध्ये पहिलो पुरस्कार टर्किस एयरलाइन्समा युरोपियन युनियनका देशमा दुईतर्फी बिजनेस क्लास टिकट, दोस्रो, तेस्रो ता चौथो हुने ग्राहकले ग्यालेक्सी बडप्लस पाँचौँ र छैटौँ हुनेले हिमालयन फ्रन्ट होटेल वा  केजिएच ग्रुपको वाटरफन्ट रिसोर्टमध्ये एकमा दुई रात बसाइ, एकजोडीलाई बिएन्डबीको बेसिसमा पाउने जनाइएको छ । सातौँ विजेताले लेट मी इनको तर्फबाट १० हजार रुपैयाँबराबरको कुपन पाउने जनाइएको छ । 

मूल्य तथा प्रि–बुक 

ग्यालेक्सी नोट२० को १ लाख १० हजार रुपैयाँ र नोट२० अल्ट्राको मूल्य १ लाख ४० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । खरिद गर्न चाहने ग्राहकले साउन २८ गतेदेखि भाद्र १२ सम्म सामसङ ब्रान्ड सपमार्फत तथा रिटेल स्टोरबाट बुकिङ गर्न सक्ने जनाइएको छ ।