मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस बैतडी
२०७७ श्रावण २९ बिहीबार ०७:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्क्रब टाइफसबाट एक बालिकाको मृत्यु    

Read Time : < 1 मिनेट
रासस बैतडी
२०७७ श्रावण २९ बिहीबार ०७:०९:००

स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटकी १४ वर्षीया पूजा जोशी रहेकी छिन् । 

पूजाको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।     
     
स्क्रब टाइफसबाट सङ्क्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पताल हुँदै मंगलबार धनगढीको सारथी अस्पताल पुर्‍याइएको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बुधबार अपराह्न चिसापानीमा बालिकाको मृत्यु भएको पूजाका फुपाजु शंकरदत्त भट्टले जानकारी दिए । 

मृतक पूजाका बुबा रोजगारीको सिलसिलामा विदेश रहेका छन् । उनलाई उपचारका लागि आमा र हजुरबुबाले धनगढी पुर्‍याएका थिए ।