Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रासस
२०७७ श्रावण २८ बुधबार २१:२२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रोजगारीका लागि युवा बिदेसिनुपर्ने बाध्यताको अन्त्य गर्छाैँ : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
रासस
२०७७ श्रावण २८ बुधबार २१:२२:००

प्रधानमन्त्री केपी ओलीले रोजगारीका लागि युवा बिदेसिनुपर्ने बाध्यताको अन्त्य गरिने बताएका छन् । राष्ट्रिय युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले केही वर्षभित्र रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यताको अन्त्यका लागि सरकारले रणनीति बनाइरहेको बताए । 

‘छनोटका हिसाबले बाहिर जाने कुरा बैग्ले हो । देश निर्माण गर्ने शक्ति बाहिर जाने खुसीको कुरा होइन,’ उनले भने, ‘तर, बाध्यताका हिसाबले बाहिर जाने अन्त्य गर्ने रणनीतिका साथ काम गरिरहेका छौँ । चाँडै नै ठोस योजना ल्याउनेछौँ ।’ 

उनले सीप र जोस–जाँगर भएको वेला रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै युवालाई स्वदेशमा नै पर्याप्त रोजगारीका अवसर सिर्जना गरिने बताए । उनले युवाको विकास, रोजगारीको अवसर, ज्ञान, सीप र क्षमता देशभित्र नै भरपूर प्रयोग गरेर मुलुकलाई अगाडि बढाउने बताए । 

उनले युवा देश विकासको सहयात्री भएकाले उनीहरूको जुन क्षेत्रमा रुचि र ज्ञान छ सोही क्षेत्रमा उपयोग गरिनेसमेत बताए ।  ‘नवप्रवर्तनकारी, ज्ञान, सीप भएको सिर्जनशील समयमा युवाले बाहिर गएर बिताउन नपरोस्,’ उनले भने, ‘आफ्नै देशको विकासमा श्रम खर्च गर्न सकियोस् । अनि मात्र नेपाल आत्मनिर्भर, विकसित देश बन्नेछ ।’ 

प्रधानमन्त्री ओलीले देश विकासका आधारमा युवालाई प्रयोग गर्न नसकिएको उल्लेख गर्दै अब खोज अनुसन्धानमा नयाँ युवा पिँढीलाई अगाडि बढाइनेसमेत धारणा राखे ।  उनले युवालाई निराश नबनाई उनीहरूले देखेका सुन्दर सपना साकार पार्न सरकारले सहयोग गर्ने उल्लेख गरे । उनले कोभिड– १९ महामारीलाई पराजित गरी दिगो विकासको लक्ष्यलाई पूरा गर्न सरकार लागिपरेको पनि बताए । 

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि युवा पिँढी नै आवश्यक रहेको बताए । उनले युवालाई कोभिड– १९ को रोकथाम र नियन्त्रण गर्न र सबैलाई स्वास्थ्यका मापदण्ड पालना गराउन आग्रह गरे । 

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले युवामा भएको ज्ञान र सीपलाई श्रमसँग जोडेर उत्पादनशील बनाइने बताए । उनले युवा उद्यमशीलता भए मात्र मुलुकको समृद्धि हुने भन्दै युवालाई स्वरोजगार र उद्यमीलता बनाउने अभियानमा सरकार रहेको बताए । उनले आफ्नो टोल–छिमेकमा युवा सहभागी भएर कोभिड– १९ रोकथाम र नियन्त्रणमा भूमिका खेल्नुपर्ने बताए । 

कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले हरेक क्षेत्रको नेतृत्व युवाले गर्ने गरी युवामा विकास गरिने बताए ।