Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ श्रावण २८ बुधबार १९:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगुमा जिप दुर्घटना एकको मृत्यु, १० घाइते 

Read Time : < 1 मिनेट
२०७७ श्रावण २८ बुधबार १९:२५:००

जिल्ला सदरमुकाम गमगढीदेखि सोरु गाउँपालिकाको तारापानी बजारतर्फ जाँदै गरेको क.१ज ३२ नम्बरको बोलेर जिप निगाले गाउँको खोलामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए । घाइते १० मध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ । 

विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा चिप्लिएर दुर्घटना भएको प्रहरीले बताएको छ ।