मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ श्रावण २८ बुधबार १७:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीले बगर बनायो कालीमार्सी फल्ने फाँट (फोटोफिचर) 

Read Time : < 1 मिनेट
२०७७ श्रावण २८ बुधबार १७:४७:००

जुम्लाको तिला नदीमा आएको बाढीले तीन स्थानीय तहका एक हजार रोपनीभन्दा बढी क्षेत्रफलमा रोपेको मार्सी धानखेतमा क्षति पुराएको छ । चन्दननाथ नगरपालिका– ७ को रानी ज्युलोदेखि पश्चिमको त्रिवेणी ज्युलोसम्मका एक हजार रोपनीभन्दा बढी खेत डुबानमा परेको हो ।

अबको तीन महिनापछि काली मार्सी धान घर भित्र्याउने तयारीमा रहेका जुम्लाका किसान बाढीले खेत नै ढुबाएपछि चिन्तित बनेका छन् । सोमबार तिला नदीमा आएको बाढीले खेतमा रोपेको सबै धान पुरेको छ । तिला गाउँपालिकाको त्रिवेणी ज्युलोका ५० रोपनी खेत, लुम्सेरा ज्युलोका ५० रोपनी खेत, तातोपानी गाउँपालिका–१ को चारवटा ज्युलोका दुई सय ५० रोपनी खेत बाढीले डुबाएको छ । यस्तै लाछु ज्युलोका तीन सय रोपनी, तातोपानी गाउँपालिका–३ कै ताँ ज्युलोका ६० रोपनी खेत पनि डुबानमा परेको किसानले बताएका छन् ।

तातोपानी गाउँपालिका–२ टापु ज्युलोका ३० रोपनी, बाबिराका २० रोपनी, हाँकु तली ज्युलोका २० रोपनी पनि डुबेको स्थानीय धन बुढाले बताए । चन्दननाथ नगरपालिकाको उम्मगाड ज्युलोको ४० रोपनी, श्रीढुस्का ज्युलोको ५० रोपनी र रानी ज्युलोको करिब ७० रोपनी खेत पनि डुबानमा परेको उनको भनाइ छ । 

तातोपानी गाउँपालका–३ का वडाध्यक्ष डिल्ली रावलले तटबन्द निर्माण गर्दा गर्दै पनि खेतीयोग्य जनिम कटान तथा डुबान नरोकिएको बताए । बाढीले क्षति पुराएको मार्सी धान र सिमीको बारेमा विवरण आइनसकेको उनको भनाइ छ । यद्यपि, एक हजार रोपनी धानखेत डुबेको  उनको भनाइ छ ।