Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण २८ बुधबार १७:०४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमित थप आठजनाको मृत्यु, हालसम्म ९१ जनाको निधन

Read Time : < 1 मिनेट
२०७७ श्रावण २८ बुधबार १७:०४:००

कोरोना संक्रमित थप आठजनाको निधन भएको छ ।

थप आठजनकाे  मृत्यु भएसँगै हालसम्म संक्रमण भएर निधन हुनेकाे संख्या ९१ पुगेकाे छ ।

पछिल्लो २४ घन्टामा दुई महिला र ६ जना पुरुषको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिका– १२ की ७८ वर्षीया महिलाको बुधबार किस्ट मेडिकल कलेजमा निधन भएको हो ।

त्यसैगरी धादिङको नीलकण्ठ नगरपालिका– १४ का ३२ वर्षीय पुरुषको मंगलबार ह्याम्स अस्पतालमा निधन भएको मन्त्रालयले जनाएको छ ।

धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका– १ का ७१ वर्षीय पुरुषको उपचारकै क्रममा बुधबार मेडिसिटी अस्पतालमा, जनकपुर उपमहानगरपालिका– ८ की ३८ वर्षीया महिलाको बुधबार पाटन अपतलामा मृत्यु भएको हो ।

सप्तरी डाक्नेश्वरी नगरपालिका– ८ का ७२ वर्षीय पुरुषको पनि निधन भएको छ । मोरङको बुढीगंगा गाउँपालिका– २ का ५५ वर्षीय पुरुषको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार मृत्यु भएको हो ।

त्यसैगरी कपिलवस्तुको कपिलवस्तु नगरपालिका– २ का ४२ वर्षीय पुरुषको बुटवल कोरोना विशेष अस्पतलामा र बारा जिल्ला कलैया उपमहानगरपालिकाका ७५ वर्षीय पुरुषको बुधबार किस्ट मेडिकल कलेजमा निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।