१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ श्रावण २८ बुधबार १५:५६:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

तीन खेलाडीको पदक खोसियो, चार वर्ष प्रतिबन्ध

Read Time : < 1 मिनेट
२०७७ श्रावण २८ बुधबार १५:५६:००

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रतिबन्धित औषधि प्रयोग गरेको पुष्टि भएपछि पाकिस्तानका तीन पदकधारी खेलाडीको पदक खोसिएको छ ।

नेपाल ओलम्पिक कमिटीले बुधबार जारी गरेको विज्ञप्तिमा पाकिस्तानी तीन खेलाडीको डोपिङ परीक्षण गर्दा पोजेटिभ देखिएका खेलाडीको पदक खोसिएको जनाएको हो । 

पदक खोसिनेमा एथलेटिक्सतर्फ एक सय मिटर दौडमा कांस्य पदक विजेता सामी उल्लाह, एक सय १० मिटर हर्डल्समा स्वर्ण विजेता मुहमद नइम र चार सय मिटर हर्डल्समा स्वर्ण विजेता महबुब अली रहेका छन् । 

नेपाल ओलम्पिक कमिटीले विज्ञप्ति जारी गर्दै तीनैजना खेलाडीलाई चार वर्ष प्रतिबन्धका साथै पदक खोसिएको जनाएको हो । 


उनीहरूलाई २०२३ डिसेम्बरसम्म निलम्बन गरिएको पनि जारी विज्ञप्तिममा उल्लेख गरिएको छ । 

१३औँ संस्करणको साग नेपालमा मंसिर १५ देखि २४ गतेसम्म आयोजना भएको थियो । आगामी संस्करणको आयोजक पाकिस्तानले ३२ स्वर्णसहित एक सय ३२ पदक जितेको थियो ।