मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण २८ बुधबार १५:३३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

प्रदेश १ मा कोरोना संक्रमितको संख्या एक हजार ६ सय ११ पुग्यो, नौजनाको मृत्यु 

Read Time : < 1 मिनेट
२०७७ श्रावण २८ बुधबार १५:३३:००

प्रदेश १ मा बुधबारसम्म कोराेना भाइरसबाट संक्रमित हुनेको संख्या एक  हजार ६ सय ११ पुगेको छ । 

प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताका अनुसार बुधबारसम्म संक्रमितहरू एक हजार ६ सय ११ जना पुगेका हुन् । 

सामाजिक विकास मन्त्रालयले जानकारी गराएअनुसार बुधबार प्रदेशमा ४८ जना नयाँ संक्रमित थपिएका छन् । 

थपिएका नयाँ संक्रमितहरू मोरङका २४, सुनसरीका १४, झापाका नाै र प्रदेश १ बाहिरका एकजना छन् । 

बुधबार मोरङको विराटनगर महानगरपालिकामा १२ पुरुष, रंगेली नगरपालिकामा सात पुरुष र तीनजना महिला छन् । स्थानीय तह नखुलेका दुईजना पुरुष छन् । 

यसैगरी सुनसरीको धरान उपमहानगरपालिकामा पाँच पुरुष र चारजना महिला संक्रमित फेलापरेका छन् । दुहवी नगरपालिकामा तीनजना र कोसी गाउँपालिकामा दुईजना पुरुष संक्रमित भएका छन् ।  

प्रदेश १ मा बुधबारसम्म कोरोना भाइरस संक्रमणबाट नौजनाको मृत्यु भएको छ ।