मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मनीष खड्का रुकुम पश्चिम
२०७७ श्रावण २८ बुधबार १४:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गाउँपालिकाका लेखापालमाथि हातपात 

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७७ श्रावण २८ बुधबार १४:५७:००

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका लेखापालमाथि हातपात भएको छ । मंगलबार बेलुकी गाउँपालिकाको वडा नं. ४ लामाखेतमा लेखापाल हेमन्त केसी र उनका भतिज सुवासमाथि स्थानीय युवाहरूले हातपात गरेका हुन् । 

सदरमुकाम खलंगाबाट घर फर्किंदै गर्दा बाटोमा केही युवाहरूले लेखापाल केसीसहित केही समय गाउँपालिकामा करारमा लेखा सहयोगीका रूपमा काम गरेका उनका भतिज सुवासमाथि हातपात गरेका हुन् । 

मोटरसाइकलमा गइरहेका उनीहरूलाई रोकेर स्थानीय युवाहरूले एक–दुई झापड हानेर भागेको सिम्रुतु प्रहरी चौकीले जनाएको छ । उनीहरूलाई खासै चोट भने नलागेको प्रहरीको भनाइ छ । 

बुधबार लेखापाल केसीकी श्रीमती बिर्माले स्थानीय तीनजना युवाको नाममा प्रहरी चौकी सिम्रुतुमा ठाडो उजुरी दिएकी छिन् । भीमबहादुर पुन, खगेन्द्र महर र नीराजन पुनका नाममा उजुरी परेको र उनीहरूलाई छलफलमा बोलाइएको सिम्रुतु प्रहरी चौकीले बताएको छ ।

घटनाबारे जानकारी भएको र मुसिकोट सिल रहेकाले प्रहरी चौकीमै छलफल गराउन भनिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए । 

गाउँपालिकाको झन्डै २५ लाख बजेट आफू, आफ्नी श्रीमती र भतिज सुवासको व्यक्तिगत खातामा जम्मा गरेको घटनामा लेखापाल केसीको संलग्नता रहेको कुरा बाहिरिएको थियो । लेखापाल केसीले उक्त रकम गाउँपालिकाको खातामा फिर्ता गरिसकेको बताएका छन् ।  

त्यस्तै लेखा सहयोगी सुवासलाई जागिरबाट हटाइसकेको गाउँपालिकाले जनाएको छ । त्यसै घटनाका कारण लेखापाल केसी र सुवासमाथि हातपात भएको हुन सक्ने अनुमान गरिएको छ ।