Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २८ बुधबार १४:१४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बहादुर र बलवान् हुने मानसिकताका कारण सभापतिले विधान मिच्नुहुन्छ : वरिष्ठ नेता पौडेल (भिडियाेसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २८ बुधबार १४:१४:००

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवामा विधान मिच्दा बहादुर ठहर्छु भन्ने मानसिकता रहेको टिप्पणी गरेका छन्  । 

सभापति देउवाले विधान मिचेर पटकपटक विभागहरू गठन गरेको सम्बन्धमा ध्यानाकर्षण गराइएको, तर उहाँमा विधान जति मिच्न सक्यो त्यति बहादुर र बलवान् ठहर्छु भन्ने मानसिकता रहेको पाइएको टिप्पणी पौडेलले गरे  ।

बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ नेता पौडेलले विधान मिच्दा आफू बहादुर ठहर्छु भन्ने मानसिकता सभापति देउवामा देखिएको बताएका हुन् । विधान मिचेर बहादुर देखाउन खोज्ने प्रवृत्तिका कारण पार्टी प्रजातान्त्रिक हो कि होइन भन्ने खतरा बढेको बताए ।

उनले भने, ‘हामीले बारम्बार पार्टीलाई विधानमा ल्याउन पार्टी सभापतिलाई ध्यानाकर्षण गर्दै आयौँ । तर, नेपाली कांग्रेसभित्र कस्तो भएको छ भने विधान मिच्नु बहादुरी हो जस्तै हाम्रो सभापतिलाई लाग्छ कि ? विधान मैले जति मिच्न सकेँ म त्यति बलवान् सभापति ठहर्छु भन्ने उहाँको मानसिकता छ जस्तो मलाई लाग्छ । त्यसले यो पार्टी डेमोक्र्याटिक पार्टी नै हो कि होइन भन्ने खतरातिर जान लाग्यो भनेर हामी चिन्तित भएको हो ।’ 

सभापति देउवालाई विधान मिच्ने बानी परिसकेको पौडेलले बताए ।  आफू बहादुर हुँ भन्ने भ्रम भएकाले सभापतिले पटकपटक विधान मिचेर विभागहरू गठन गरेको टिप्पणी पौडेलले गरे ।

उनले भने, ‘यो मिच्ने बानी पऱ्याे । हाम्रो सभापति मैले जे गरे पनि हुन्छ भन्ने सोच्नुहुन्छ । मलाई सम्झना छ यो देशमा कानुन तोड्यो भने गृहमन्त्रीले तोड्छ, म गृहमन्त्री भएको हुनाले मैले हो तोड्ने कानुन भनेर बोलेर धाक लगाएर हिँड्नुहुन्थ्यो एकताका । उहाँलाई जे बोले पनि सबैले हाँसेर लिइदिन्थे । अहिले पनि उहाँ त्यही गर्दै हुनुहुन्छ । मैले हो तोड्ने, म त बहादुर नि भनेर, यो बहादुरीले कांग्रेसलाई क्षति पुऱ्यायो । यो बहादुरीले प्रजातन्त्रलाई, लोकतन्त्रलाई अत्यन्त ठूलो घात गऱ्याे, क्षति पुऱ्यायो र घायल बनायो ।’

पार्टीको महाधिवेशन समयमै गर्न नसके पार्टी संकटमा पर्न सक्छ भन्दै आफूले तीन वर्ष अघिदेखि कार्यतालिका बनाएर काम गरौँ भनेको, तर सभापति देउवाले नमानेको पौडेलले बताए ।