मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ श्रावण २८ बुधबार १३:३५:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राेकेन कोरोनाले, निरन्तर टेबलटेनिस प्रशिक्षण (फाेटाेफिचर)

Read Time : < 1 मिनेट
२०७७ श्रावण २८ बुधबार १३:३५:००

उपत्यकामा कोभिड– १९ संक्रमण बढिरहेको अवस्थामा टेबलटेनिसको प्रशिक्षण भने जारी छ । कोभिड– १९ महामारीका कारण सिर्जित अवरोधका बाबजुद लैनचौरस्थित टेबलटेनिस हलमा खेलाडीहरू दैनिक प्रशिक्षणमा सहभागी भइरहेका छन्।

नेपाल टेबलटेनिस संघले साउनको दोस्रो साताबाट खेलाडीको प्रशिक्षण सुरु गरेको हो । कोभिड– १९ महामारीका कारण सरकारले गत ११ चैतबाट सुरु भएको लकडाउन समाप्त भएलगत्तै टेबलटेनिसले प्रशिक्षण सुरु गरेको हो ।

संघले गत मंसिरमा काठमाडौंमै सम्पन्न भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक जितेका खेलाडीलाई प्रशिक्षणमा सहभागी गराएको छ । टेबलटेनिसको निकट भविश्यमै कुनै ठूलो प्रतियोगिता नरहे पनि खेलाडीलाई लयमै राखिराख्ने उद्देश्यले उनीहरूको प्रशिक्षाण सुरु गरिएको संघले जनाएको छ ।

‘प्रशिक्षणले नै खेलाडीहरूलाई सधैँ उच्च फर्ममा रहन मद्दत पुऱ्याउने हो,’ संघका अध्यक्ष चतुरानन्द राजवैद्य भन्छन्, ‘त्यसैले उनीहरूलाई प्रशिक्षणमा फर्काएका हौँ ।’

संघले प्रशिक्षणमा सहभागी हुने खेलाडी र पदाधिकारीहरूलाई भाइरस संक्रमणबाट सुरक्षित राख्न सम्भव रहेका सबै उपाय अपनाइएको पनि जनाएको छ ।

‘हामीले खेलाडीहरूको शरीरको तापक्रम नाप्नेदेखि स्यानिटाइजर प्रयोग गर्ने र आवश्यक दूरी कायम गर्नेसम्मको सावधानी अपनाएका छौँ,’ संघका प्रमुख प्रशिक्षक सञ्जीवकुमार ढुंगेल भन्छन्, ‘सम्भव भएसम्म सबै तरिकाबाट सुरक्षित रहने प्रयास गरेका छौँ ।’

संघलाई प्रशिक्षणमा सहभागी हुने खेलाडी र पदाधिकारीको शरीरको तापक्रम नाप्ने मेसिन, मास्क, स्यानिटाइजरलगायत सामग्री राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराएको छ ।