मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण २८ बुधबार १३:१०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

जनकपुर नगरपालिकाका पूर्वमेयर गिरीको कोरोना संक्रमणका कारण निधन

Read Time : < 1 मिनेट
२०७७ श्रावण २८ बुधबार १३:१०:००

जनकपुर नगरपालिकाका पूर्वमेयर कृष्ण गिरीको कोरोना संक्रमणका कारण निधन भएको छ । 

कोरोना संक्रमण भएका उनलाई उपचारका लागि जनकपुरबाट काठमाडौं लगिएको थियो । उनी मुटुसम्बन्धी रोग र उच्च रक्तचापबाट पीडित थिए । 

उपचारका क्रममा उनको गएराति काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । 

उनी ७२ वर्षका थिए । गिरी जनकपुरस्थित होटेल रामाका सञ्चालक पनि थिए ।