मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण २८ बुधबार १२:१०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

बुटवल कोरोना अस्पतालमा दुईजनाको निधन : एकमा कोरोना संक्रमण, अर्काको परीक्षण जारी

Read Time : < 1 मिनेट
२०७७ श्रावण २८ बुधबार १२:१०:००

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत दुईजनाको निधन भएको छ ।

प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालका अनुसार उपचारका लागि भर्ना भएका कपिलवस्तुका दुईजनाको गएराति निधन भएको हो । 

आइसोलेसनमा भर्ना भएका कपिलवस्तुको कपिलवस्तु नगरपालिका– २ तौलिहवाका ४२ वर्षीय पुरुष र कृष्णनगरका २५ वर्षीय पुरुषको गएराति मृत्यु भएको उनले बताए । 

एकजनाको राति ४ बजे र अर्का एकजनाको करिब पौने ३ बजे मृत्यु भएको हो । 

४२ वर्षीय पुरुष साउन २५ गते र २५ वर्षीय पुरुष गएराति अस्पतालमा भर्ना भएका थिए ।

४२ वर्षीय पुरुषको कोरोना संक्रमण पुष्टि भए पनि अर्का २५ वर्षीय पुरुषको स्वाब परीक्षण हुन बाँकी छ ।

अस्पतालका अनुसार दुवैजनालाई भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार सुरु गरिएको थियो ।

२५ वर्षीय पुरुष भारतको मुम्बईबाट केही दिनअघि घर आएका थिए । उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएकाले कोरोना अस्पतालमा भर्ना गरिएको थियो । 

उनको स्वाबको पिसिआर परीक्षणको प्रक्रियामा रहेको छ । बुटवल कोरोेना अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । 

यसअघि अस्पतालमा बाबुराम थापाको मृत्यु भएको थियो । सैनामैनाका उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।