मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ श्रावण २८ बुधबार १०:५९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

मोरङमा कोरोनाबाट थप एकको मृत्यु  

Read Time : < 1 मिनेट
२०७७ श्रावण २८ बुधबार १०:५९:००

मोरङकाे बुढीगंगा गाउँपालिका–  २ मा  एक कोरोना संक्रमितको मृत्यु भएको छ । 

कोरोना संक्रमण देखिएपछि धरानस्थित बिपी स्वास्थ्य प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका ५० वर्षीय एक पुरुषको उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको हो । 

परिवारका सदस्यका अनुसार उनी उच्च रक्तचापका बिरामी पनि थिए । लक्षण देखिएपछि परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ पाइएको थियो । 

पहिले विराटनगरस्थित कोसी अस्पतालमा उपचारका लागि भर्ना भएका उनलाई सिकिस्त भएपछि थप उपचारका लागि धरानस्थित बिपी प्रतिष्ठानमा मंगलबार रिफर गरिएको हो । 

संक्रमितको मृत्यु भएपछि वडालाई सिल गर्ने तयारी भइरहेको बुढीगंगा गाउँपालिका– २ नम्बर वडाध्यक्ष रेवतीनारायण चौधरीले बताए । 

मंगलबार रातिसम्म प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ ।  उपचार केन्द्रमा दुई सय  ५२ जनाले उपचार गराइरहेका छन् ।