१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ श्रावण २८ बुधबार १०:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोरु काटेको आरोपमा चार पक्राउ  

Read Time : < 1 मिनेट
२०७७ श्रावण २८ बुधबार १०:२०:००

गोरु काटेको आरोपमा मोरङमा चारजना पक्राउ परेका छन् । बुधबार मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ को गछिया खोलाको किनारमा गोरु काटेर मासु भाग लगाउँदै गरेको अवस्थामा चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो  । 

पक्राउ पर्नेमा नवीन तोलांगी, प्रकाश पाँचकोटी, बलबहादुर सार्की र राजन तोलांगी रहेका छन् । उनीहरूलाई प्रहरी चौकी गछियाको टोलीले पक्राउ गरेको हो ।

अन्दाजी ३५ किलोग्राम गोरुको मासुसमेत बरामद गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए । 

उनीहरुविरुद्ध पशुपक्षीसम्बन्धी कसूरमा कारबाही अघि बढाउन अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।