मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
साढे चार महिनापछि खुलेकाे हाेटलमा पाहुनाकाे प्रतीक्षा । फाइल फाेटाे : दिपेन्द्र ढुंगाना / नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २८ बुधबार ०७:४९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

खुलेको १२ दिनमै होटेल र रेस्टुरेन्ट पुनः बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २८ बुधबार ०७:४९:००

साढे चार महिनापछि गत १५ साउनबाट खुलेका देशभरका होटेल तथा रेस्टुरेन्टहरू सरकारले पुनः बन्द गराएको छ । कोरोना संक्रमण फैलन सक्ने भन्दै सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउनमा देशभरका होटेलहरू बन्द भएका थिए । तर, स्वास्थ्य प्रोटोकल लागू गरेपछि गत साउन १५ देखि होटेल तथा रेस्टुरेन्टहरू सञ्चालनमा आएका थिए । 

पछिल्ला दिनहरूमा कोरोना संक्रमण काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा समेत कोरोना संक्रमण फैलिएपछि सोमबार बसेको मन्त्रिपरिषद्ले होटेल तथा रेस्टुरेन्टले प्याकिङ मात्रै बिक्री गर्नुपर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।    

‘होटेल, रेस्टुराँ खोल्ने भनिएको थियो । अब होटेल र रेस्टुराँबाट तयार गरेको परिकार लैजाने सेवा टेक अवे मात्र दिने निर्णय भएको छ,’ मन्त्री खतविडाले भने । साउन १५ पछि देशभरका अधिकांश होटेलहरू खुले पनि केही ठूला होटेलहरूले भने क्षमताको १० प्रतिशत मात्रै सञ्चालनमा ल्याएका थिए । 

उडान नखुलेसम्म होटेल खोल्नुको कुनै अर्थ नहुने होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले बताए । उनले भने, ‘सरकारले भदौ १ देखि उडान खुलाउने भनेको पुनः भदौ १५ सम्म लम्बिएको भन्ने आएकाले होटेल खोल्नुको कुनै अर्थ छैन ।’

विदेशबाट आउनेलाई ७ दिन क्वारेन्टाइन

विदेशबाट उद्धार उडानमार्फत आउने नेपालीले ७ दिन काठमाडौंमै अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने भएको छ । जसका लागि आउनुभन्दा पहिले नै होटेल बुक गरेको प्रमाणसमेत पेस गर्नुपर्ने हुन्छ ।

त्यसैगरी, अब दैनिक ५ सयजनासम्म पर्यटक आउन सक्ने अनुमानसहित क्वारेन्टाइन होटेल सरकारले तोक्न लागेको छ । होटेलमा बसेर बाहिर निस्कने वेला पनि पिसिआर परीक्षण गरी त्यसमा नेगेटिभ आएपछि मात्रै नेपालीले घर जान पाउनेछन् भने विदेशीले घुम्न पाउनेछन् ।