मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण २७ मंगलबार १९:२६:००
Read Time : < 1 मिनेट
प्रदेश

बलात्कारको आरोप लागेका एसएसपीलाई थुनामा राख्न अदालतको आदेश 

Read Time : < 1 मिनेट
२०७७ श्रावण २७ मंगलबार १९:२६:००

जिल्ला अदालत कास्कीले बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । धरौटीमा छाड्ने वा हिरासतमा राखेर अनुसन्धान गर्ने भन्ने विषयमा भएको बहसपछि न्यायाधीश दीपककुमार खरेलको एकल इजलासले मंगलबार अधिकारीलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको अदालतका सूचना अधिकारी रामचन्द्र उपाध्यायले जानकारी दिए । 

चितवन घर भएकी एक युवतीले आफूलाई खाना खान बोलाएर अधिकारीले बलात्कार गरेको उजुरी दिएपछि ३१ असारमा उनी पक्राउ परेका थिए । अधिकारीलाई अनुसन्धानका लागि भन्दै कास्की प्रहरीले १ साउनमा सात दिन, ७ साउनमा सात दिन र १४ साउनमा १४ दिन म्याद थप गरेको थियो । गत शुक्रबार कास्की प्रहरीले अधिकारीमाथि अधिकतम १५ वर्ष जेल सजाय र पीडितलाई उचित क्षर्तिपूर्तिको माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । सरकारी वकिलको कार्यालयले भने अधिकतम २१ वर्षको कैद सजाय माग गर्दै आइतबार अदालतमा अभियोगपत्र दर्ता गरेको थियो ।