१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण २७ मंगलबार १८:२३:००
Read Time : < 1 मिनेट
प्रदेश

गौरीशंकर गाउँपालिका सिल 

Read Time : < 1 मिनेट
२०७७ श्रावण २७ मंगलबार १८:२३:००

क्वारेन्टाइनमा बसेका दुईजनामा कोरोना पुष्टि भएपछि दोलखाको गौरीशंकर गाउँपालिका सिल गरिएको छ । आइतबार गरिएको पिसिआर परीक्षणमा उनीहरूमा कोरोना संक्रमण देखिएपछि सिंगो गाउँपालिका नै सिल गरिएको हो ।

स्थानीय विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका सातजनाको पिसिआर परीक्षण गरिएकोमा दुईजनामा संक्रमण देखिएको गौरीशंकर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वसन्त रेग्मीले जानकारी दिए । उनका अनुसार संक्रमण देखिएका दुईजनामध्ये एकजना गाउँपालिकामातहतकै कर्मचारी हुन् भने अर्का विदेशबाट फर्किएका व्यक्ति हुन् । उनीहरू दुवैजनालाई आइसोलेसनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार खड्काले जानकारी दिए । उनका अनुसार गाउँपालिकामातहतको कर्मचारीलाई समेत संक्रमण देखिएपछि स्थानीय सुरी प्राथमिक स्वास्थ्य केन्द्रसहित सिंगो गाउँपालिका सिल गरिएको हो । 

जिल्ला सदरमुकाम चरिकोटबाट बुधबार थप स्वास्थ्यकर्मीसहितको एक टोली गौरीशंकर गाउँपालिका पठाइने संकट व्यवस्थापन समितिले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत खड्काले टोलीले संक्रमितसँग सम्पर्कमा पुगेका र अन्य शंकास्पद कन्ट्याक्ट ट्रेसिङ गर्नेछ ।