१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २७ मंगलबार १७:१९:००
Read Time : < 1 मिनेट
समाचार

त्रिवि उपकुलपतिको कार्यालयमा तोडफोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २७ मंगलबार १७:१९:००

त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा विद्यार्थीले तोडफोड गरेका छन् । उनीहरूले परीक्षाको विकल्पका विषयमा आफ्ना गुनासा नसुनेको भन्दै उपकुलपति कार्यालय रहेको नयाँ भवनको सिसा तथा गाडीमा तोडफोड गरेका हुन् ।

नेविसंघमा आबद्धलगायतका विद्यार्थीले ढुंगामुढा गरेपछि भवनको सिसा फुट्नुको साथै उपकुलपति कार्यालयको दुईवटा गाडीमा समेत क्षति पुगेको छ । पुरानो भवनतिर रहेका दुई गाडीमा समेत क्षति भएको त्रिविका अधिकारीले बताएका छन् । तोडफोडको जिम्मा नेविसंघ विश्वविद्यालय समितिले लिएको छ । 

नेविसंघको विश्वविद्यालय क्याम्पस समितिका अध्यक्ष हरि आयार्चले परीक्षाका विकल्पमा विद्यार्थीले १० दिनसम्म प्रदर्शन गर्दा पनि बेवास्ता गरेपछि विद्यार्थीको टोलीले तोडफोड गरेको बताए । विद्यार्थीका समस्याबारे त्रिविका पदाधिकारी संवेदनशील नभएको उनको आरोप छ । यसैगरी नेविसंघले विश्वविद्यालयमा नियुक्ति गर्दा एउटै मापदण्ड र प्रक्रिया नअपनाई राजनीतिक आस्थाका आधारमा फरकफरक ढंगले नियुक्ति गरेकाले नियुक्ति सच्याउनसमेत माग गरेको आचार्यले बताए । 

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले शैक्षिक माग राखेर विद्यार्थी उपकुलपति कार्यालमा गए पनि उनीहरूले तोडफोड नगरेको बताए । त्रिविका पदाधिकारीहरूकै योजनामा घटना गराएर नेविसंघलाई बदनाम गराउन खोजेको उनको आरोप छ । तोडफोडको आरोपमा प्रहरीले नेविसंघका आठजना कार्यकर्ता पक्राउ गरेको उनले बताए ।