मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण २७ मंगलबार १५:५२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

सिराहाको बैसखा गाउँका आठजनामा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
२०७७ श्रावण २७ मंगलबार १५:५२:००

सिराहाको सुखीपुर नगरपालिका– ९ बैसखा गाउँका आठजनामा एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ । 

१८ साउनमा पिसिआर परीक्षणका लागि स्वाबको नमुना लिइएका ८३ जनामध्ये आठजनाको रिपोर्ट पोजेटिभ आएको सुखीपुर नगरका स्वास्थ्य शाखा प्रमुख अन्देश्वर मण्डलले बताए । 

स्वास्थ्य शाखा प्रमुख मण्डलका अनुसार १८ साउनमा सुखीपुर– १ स्थित जनता माविको क्वारेन्टाइनमा बस्दै आएका ४२ जना र समुदायका ४१ गरी ८३ जनाको पिसिआर परीक्षणका लागि स्वाबको नमुना लिइएकोमध्ये मंगलबार बिहान १५ जनाको रिपोर्ट आएको थियो । 

‘त्यसमध्ये आठजनाको रिपाेर्ट पोजेटिभ छ,’ उनले भने, ‘स्वास्थ्य अवस्था सामान्य रहेका आठजनालाई धनगढीमाई नगरपालिका– ११ छपराढीस्थित महेन्द्र गेनाई कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा राखिएको छ ।’ उनका अनुसार पिसिआर परीक्षणका लागि स्वाबको नमुना लिइएका ६८ जनाको सोमबार नेगेटिभ रिपोर्ट आएको थियो । 

भारतको हरियाणा राज्यको कर्णालपुरबाट ९ र ११ साउनमा चार–चारजनाको समूहमा सुखीपुर आएपछि क्वारेन्टाइनमा बस्दै आएका उनीहरू एकैठाउँमा काम गर्ने गाउँले रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

शाखाका अनुसार संक्रमितहरू २१, २२, २५, २६, २८, २९, ३५ र ४२  वर्षीय पुरुष हुन् । त्यसअघि सुखीपुरमा गत ८ वैशाखमा तीन र १३ वैशाखमा एक गरी चारजनामा संक्रमण पुष्टि भएपछि तीन हप्ता आइसोलेसनमा राखेर उपचारपछि घर फर्किसकेको शाखाले जनाएको छ ।