मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण २७ मंगलबार १५:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुपन्देहीमा क्वारेन्टाइन बनाइएका ९१ विद्यालय खाली  

Read Time : < 1 मिनेट
२०७७ श्रावण २७ मंगलबार १५:४३:००

रुपन्देहीमा क्वारेन्टाइन बनाइएका ९१ विद्यालय खाली भएका छन् । सरकारले भारत तथा तेस्रो मुलुकबाट आएकाहरूलाई व्यवस्थित रूपमा  राख्नका लागि ९१ वटा सरकारी विद्यालयसहित पाँच सयवटा क्वारेन्टाइन स्थापना गरेको थियो ।

सुरुका दिनहरूमा ती क्वारेन्टाइनमा पाँच हजारभन्दा बढी सर्वसाधारण रहने गरे तापनि पछिल्लो समय करिब दुई सयको हाराहारीमा क्वारेन्टाइनमा सर्वसाधारण रहेकाे  जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत जनक थापाले बताए ।  

क्वारेन्टाइन बनाइएका विद्यालयलाई खाली गराएर विद्यालय सञ्चालन गर्ने तयारी गरेको थापाले बताए ।   

विद्यालयमा विद्यार्थी आउने समयसम्म निर्मलीकरण गर्ने विषयमा सम्बन्धित पालिकाहरूले समन्वय गरिरहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्राेलर केदारनाथ शाह विद्यालयमा तत्काल सेवा सञ्चालन गर्ने अवस्था रहे निर्मलीकरण गर्नुपर्ने बताउँछन् ।

क्वारेन्टाइन खाली भएको हप्ता दिनपछि क्रमिक रूपमा विद्यालयहरूमा कोरोना भाइरस नरहने शाहको भनाइ छ । विद्यालय सञ्चालन हुन अझै केही समय लाग्ने भएकाले निर्मलीकरण आवश्यक नरहे पनि सरसफाइ आवश्यक रहेको उनले बताए । 

जिल्लामा विद्यालय, मदरसा, सामुदायिक भवन गरी एक सय पाँच स्थानमा क्वारेन्टाइन बनाइएको थियो ।