मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण २७ मंगलबार १४:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगुमा डा. केसीद्वारा तीनजनाको शल्यक्रिया र एक सय ७७ जनाको स्वास्थ्य परीक्षण

Read Time : < 1 मिनेट
२०७७ श्रावण २७ मंगलबार १४:१३:००

हिमाली जिल्ला जुम्लाबाट दुई दिनको पैदल यात्रापछि गत बुधबार दिउँसो मुगु सदरमुकाम गमगढी पुगेका डा. गोविन्द केसीले तीनजनाको शल्यक्रिया गरेका छन् । 

त्यसैगरी उनले एक सय ७७ जनाको स्वास्थ्य परीक्षण गरेका छन् । 

उनले बिहीबार बिहानैदेखि जिल्ला अस्पताल मुगुमा हाडजोर्नी, नसा तथा अन्य रोगका बिरामीलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सुरु गरे ।

उनले बिहीबारदेखि सोमबार पाँच दिनसम्ममा एक सय ७७ जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै तीनजनाको निःशुल्क शल्यक्रियासमेत गरेका थिए ।

जिल्ला अस्पतालमा डा. केसी आएको जानकारी पाएपछि सर्वसाधारणदेखि जटिल खालका बिरामीहरूको घुइँचो लाग्ने गरेको जिल्ला अस्पताल मुगुका प्रमुख डा. निर्मल नगरकोटीले बताए । 

उनका अनुसार डा. केसीले हाडजोर्नीको समस्या भएका तीनजनाको निःशुल्क शल्यक्रिया गरेका थिए । 

साथै डा. केसीले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई हाडजोर्नीसम्बन्धी विभिन्न रोगका बारेमा जानकारी, परामर्श र प्रशिक्षणसमेत दिएका थिए ।