Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ श्रावण २७ मंगलबार १३:१२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

सांसद प्रदीप यादव कोरोना संक्रमणमुक्त

Read Time : < 1 मिनेट
२०७७ श्रावण २७ मंगलबार १३:१२:००

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद प्रदीप यादव १२ दिनमा कोरोनालाई जितेर निको भएका छन् । 

गएको सोमबार पुनः परीक्षणका लागि स्वाब पठाइएकोमा मंगलबार कोरोना नेगेटिभ रिपोर्ट आएको हो ।

चिकित्सक सल्लाहअनुसार आफूले शारीरिक व्यायाम र घरेलु उपचार गरेकाले चाँडै कोरोनामुक्त भएको प्रतिनिधिसभा सदस्य यादवले बताए ।

उनले आफ्नो सामाजिक सञ्जालमार्फत कोरोना रिपोर्ट निगेटिभ आएको र १२ दिनमै कोरोना जितेको सार्वजनिक गरेका छन् ।

उनले चिकित्सकका अनुसार कोरोनामुक्त भएको दिनदेखि एक हप्तासम्म घरमै बस्ने त्यसपछि सार्वजनिक जीवनमा आउने बताएका छन् । 

प्रतिनिधिसभा सदस्य यादवसँगै संक्रमण पुष्टि भएका उनका पिएसओ र चालकलाई अहिले दोस्रो रिपोर्ट पनि पोजिटिभ नै आएको यादवले बताए  ।

उनी गएको १६ साउनमा वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालाको परीक्षणबाट कोरोना पुष्टि भएपछि आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका छन् ।