१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ श्रावण २७ मंगलबार १२:१३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

खेलमा काेराेना प्रभाव : टाेकियाे ओलम्पिकको छनोट तयारीमा रहेका कराते खेलाडीको प्रशिक्षण राेकियाे

Read Time : < 1 मिनेट
२०७७ श्रावण २७ मंगलबार १२:१३:००

करातेले टाेकियाे ओलम्पिक छनोटको तयारीमा रहेका खेलाडीको प्रशिक्षण मंगलबारबाट फेरि रोकेको छ । देशभित्र कोभिड– १९ संक्रमण अझ फैलिरहेको अवस्थामा प्रशिक्षण जारी राख्न नसकिएको करातेले जनाएको छ ।

करातेका दुई नेपाली खेलाडी अनु अधिकारी र नवीन रसाइली अर्काे वर्ष आयोजना हुने टाेकियाे ओलम्पिक छनोटको तयारीमा छन् ।

उनीहरूलाई ओलम्पिक छनोट तयारीका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र आयोजक जापानले छात्रवृत्ति प्रदान गरेको छ । यी दुवै खेलाडीले गत मंसिर अन्तिम साता काठमाडौंमै सम्पन्न भएको १३औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका थिए ।

यी दुई खेलाडीलाई प्रशिक्षक दीपक श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् । अवस्था सामान्य नभएसम्मलाई प्रशिक्षण रोकिएको प्रशिक्षक श्रेष्ठले नयाँ पत्रिकालाई बताए ।

‘देशभित्र भाइरस संक्रमण अझ तीव्र बनिरहेकाले हामीले आजबाट प्रशिक्षण स्थगित गर्ने निर्णय गरेका छौँ,’ प्रशिक्षक श्रेष्ठले भने, ‘सम्भवतः हामी भदौको पहिलो सातापछि फेरि अवस्था हेरेर प्रशिक्षण सञ्चालन गर्नेबारे निर्णय गर्नेछौँ ।’

कोभिड– १९ महामारीका कारण सरकारले गत ११ चैतबाट लकडाउनको घोषणा गरेपछि उनीहरूको प्रशिक्षण रोकिएको थियो ।

अवस्था सामान्य भएपछि गत ७ साउनबाट भने करातेले सातदोबाटोस्थित आफ्नै एकेडेमी हलमा भाइजर प्रयोग गरी प्रशिक्षण सुरु गरेको थियो । कोभिड– १९ महामारीकै कारण दोस्रोपटक करातेको प्रशिक्षण रोकिएको छ ।

यसै वर्ष आयोजना हुनुपर्ने टोक्यो ओलम्पिक खेलकुद पनि कोभिड– १९ महामारीकै कारण अर्काे वर्षलाई सरेको हो ।

प्रतियोगिता सरेसँग गत वर्षदेखि छात्रवृत्तिमै छनोटको तयारीमा रहेका नेपाली खेलाडीको प्रशिक्षण पनि एक वर्ष लम्बिएको हो ।