१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण २७ मंगलबार ११:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुर्खेतबाट विप्लव समूहका दुईजना जिल्ला समिति सदस्य पक्राउ

Read Time : < 1 मिनेट
२०७७ श्रावण २७ मंगलबार ११:४२:००

सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका दुईजना सुर्खेत जिल्ला समिति सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । 

सोमबार भेरीगंगा नगरपालिका– ९ जहरेबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । 

विप्लव समूहका जिल्ला समिति सदस्य रहेका भेरीगंगा नगरपालिका– ९ जहरेका ४८ वर्षीय कर्णबहादुर बिसी र सोही ठाउँका ४२ वर्षीय सहवीर महरलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बाँस्तोलाले जानकारी दिए । 

पक्राउ परेका बिसी र महरको साथबाट विभिन्न किसिमका दस्ताबेज, विभिन्न निर्माण व्यवसायी तथा कन्स्ट्रक्सहरूलाई आर्थिक सहयोगको लागि लेखेका पत्रहरू र रकम असुल गरेका रसिदका अर्धकट्टीहरू बरामद भएको प्रहरीले जनाएको छ ।