मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
डोटी रासस
२०७७ श्रावण २७ मंगलबार ०८:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डोटीमा घर भत्किँदा एकैपरिवारका चारको मृत्यु, पाँच घाइते    

Read Time : < 1 मिनेट
डोटी रासस
२०७७ श्रावण २७ मंगलबार ०८:३८:००

डोटीको आदर्श गाउँपालिका– १ बाझककानी गाउँमा गएराति घर भत्किँदा एकैपरिवारका चारजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेका अनुसार घर भत्किएर मृत्यु हुनेमा ३५ वर्षीया विष्ना लुहार, उनका छोरा ११ वर्षीय पारस, छोरी सात वर्षीया सिरु, अर्की छोरी चार वर्षीया जेनिसा रहेका छन् ।     
     
यसैगरी घाइते हुनेमा ३३ वर्षीय घरमालिक लोगे लुहार, उनकी आमा ५२ वर्षीया पाना, सासू ५६ वर्षीया घाङरी विक, सालो १३ वर्षीय इन्द्र विक तथा छोरी दुई वर्षीया अस्मिता लुहार रहेका छन् । 

घाइते लोगे, पाना, घाङरी तथा इन्द्रको अवस्था गम्भीर रहेको र अस्मिताको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइतेलाई उपचारका लागि डोटीको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा ल्याइएको छ ।  सिलेटले छाएको तीनतले घर राति सुतिरहेको वेला अचानक भत्किँदा उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ । 

घटनास्थलमा इलाका प्रहरी कार्यालय मौवानगरदहका प्रमुख तथा प्रहरी निरीक्षक वीरबहादुर बुढाको कमान्डमा प्रहरी टोली परिचालन गरिएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए । 

घटनास्थल जिल्ला सदरमुकाम सिलगढीबाट दुई–तीन घन्टाको दूरीमा रहेको छ । घर भत्किएका कारण कम्तीमा १० लाखबराबरको धनमालको क्षति भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।