Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ६ मंगलबार
  • Tuesday, 22 September, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २७ मंगलबार ०५:०६:००
मुख्य समाचार प्रिन्ट संस्करण

लामो दूरीका यातायात, हवाई उडान र शैक्षिक संस्था भदौ मसान्तसम्म बन्द

नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २७ मंगलबार ०५:०६:००

सरकारले लामो दूरीका यातायात, हवाई उडान र शैक्षिक संस्था भदौ मसान्तसम्म नखोल्ने भएको छ । यसअघि १ भदौबाट खोल्ने भनिएका यी क्षेत्र मसान्तसम्म नखोल्ने गरी सरकारको निर्णय आएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संक्रमणको जोखिम बढेको भन्दै लामो दूरीका यातायात, हवाई उडान र शैक्षिक संस्था सञ्चालनबारे नयाँ निर्णय लिएको हो । 

यसअघि मन्त्रिपरिषद् बैठकले भदौ १ देखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुलाउने र लामो दूरीका यातायात पनि सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वको उच्चस्तरीय समिति (सिसिएमसी)ले १ भदौबाट खुलाउने भनेका क्षेत्रलाई १५ भदौसम्म बन्द गर्न प्रस्ताव गरेको थियो । तर, सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले थप १५ दिन समय थपेर लामो दूरीका यातायात, हवाई उडान र शैक्षिक संस्था भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गराएका हुन् ।

‘सिसिएमसीले सिफारिस गरेका सबै प्रस्तावलाई भदौ मसान्तसम्म पुर्‍याइएको छ,’ ती मन्त्रीले भने । बैठकले भदौ मसान्तसम्म सीमानाकाहरू बन्द गर्ने निर्णय लिएको छ । सरकारले दुई सयभन्दा बढी संक्रमित रहेका जिल्लालाई उच्च निगरानीमा राख्दै ती जिल्लामा अत्यावश्यकबाहेकका सवारीसाधनको आवतजावत पनि बन्द गर्ने निर्णय पनि गरेको छ । 

सरकारले गत साता मात्रै काठमाडौैं उपत्यकाको हकमा सार्वजनिक र निजी दुवै सवारीमा जोर–बिजोर प्रणाली लागू गरेको छ । सरकारले ६ साउनको रातिदेखि लकडाउन अन्त्यको घोषणा गरे पनि हवाई र लामो दूरीमा सडक यातायात भने विगत पाँच महिनादेखि बन्द छन् । गत चैत ११ देखि सरकारले लकडाउन घोषणा गर्दै सबै क्षेत्र बन्द गरेको थियो ।