Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
गगन अयडी बाजुरा |
२०७५ मङ्सिर २७ बिहीबार २३:३५:००
Read Time : < 1 मिनेट
प्रदेश

विकासका लागि वर्षमा २४ दिन श्रमदान अनिवार्य

Read Time : < 1 मिनेट
गगन अयडी बाजुरा |
२०७५ मङ्सिर २७ बिहीबार २३:३५:००

बाजुराको गौमुल गाउँपालिकाले देश निर्माणको लागि भन्दै महिनाको दुई दिन जनश्रमदान गर्नु पर्ने नियम बनाएको छ । प्रत्येक घरधुरीले महिनाको दुई दिन अनिवार्य जनश्रमदान गर्नुपर्ने छ ।

देश निर्माण र समृद्धिको अभियान आफैँबाट सुरुवात गर्ने उद्देश्यसहित प्रत्येक परिवारले विकासमा लगानी गर्न यस्तो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।

गाउँपालिका भित्रका २५ सय परिवारले अनिवार्य रूपमा महिनाको दुई दिन गाउँपालिकाको काम निःशुल्क गर्नु पर्ने अध्यक्ष रोकायाले बताए ।

 

गाउँपालिका, संघीय तथा प्रदेश सरकारबाट निर्माण हुने योजना र स्थानीय सार्वजनिक सरोकारको कामका लागि अनिवार्य काम गर्नुपर्ने प्रावधान गाउँकार्यपालिकाको २२औँ बैठकबाट निर्णय गरिएको हो । राज्यको लगानीमा मात्र गाउँ र समाजको उन्नति तथा समृद्धिको सपना पुरा नहुने नहुँने भन्दै कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष रोकायाले बताए ।

निर्माणाधिन संरचनामा मात्र नभई गाउँ सरसफाइ, विद्यालय अनुगमन, वन सुरक्षा, पानीको मुहान सफाइ जस्तो काममा अनिवार्य जनश्रमदान गर्नुपर्ने निती गाउँपालिकाले बनाएको छ ।

श्रमदान नगर्ने र काम छल्ने परिवारलाई गाउँपालिकाले प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित गरिने गाउँपालिकाका उपप्रमुख सिता थापाले बताइन् ।