Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २६ सोमबार २१:११:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

कांग्रेस पुनर्जागरणका लागि नेता पौडेलले अघि सारे सातबुँदे प्रस्ताव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २६ सोमबार २१:११:००

कांग्रेस नेता रामचन्द्र पौडेलले कांग्रेस पुनर्जागरणका लागि भन्दै सातबुँदे दृष्टिकोण अघि सारेका छन् । नेता पौडेलले कांग्रेस पुनर्जीवनका लागि सामाजिक सञ्जालमार्फत सातबुँदे दृष्टिकोण अगाडि सारेका हुन् । पौडेलले संसद्, सडक र बस्तीबस्तीमा भरोसाको केन्द्र कांग्रेसलाई बनाउन र नवजीवन दिन न्याय, पारदर्शी, मूल्यांकन, निष्पक्षता र पार्टी एकतालाई आधारको रूपमा अगाडि सारेका छन् । यसैगरी जनताको जीवनस्तर उठाउन उत्पादनमुखी, गाउँमुखी र जनमुखी शासनमा जोड दिएका छन् । पौडेलले समुन्नतिको आधार, हाम्रो बसोवास, व्यवस्थापनको प्रश्न, सामाजिक धार्मिक संवाद र परराष्ट्र सम्बन्धमा आफ्ना दृष्टिकोण अघि सारेका हुन् । 

यस्ता छन् नेता पौडेलले अघि सारेका दृष्टिकोण 

पार्टीमा नवजीवन 
‘निमुखालाई न्याय र विपन्नलाई आय’ साकार पार्न कर्मशील कांग्रेसको निर्माण । सैद्धान्तिक विचलन नभएको स्वच्छ छवि । देशभक्ति र फराकिलो राष्ट्रवादी विचार । संसद्, सडक र बस्ती–बस्तीमा भरोसाको केन्द्र कांग्रेस । न्याय, पारदर्शी मूल्यांकन र निष्पक्षता पार्टी एकताको आधार ।

लोकतान्त्रिक समाजवाद
उत्पादनमुखी अर्थनीति, गाउँमुखी विकास, जनमुखी शासन । युवाकेन्द्रित रोजगारी सिर्जना । श्रमको सम्मान गर्ने संस्कृति । एकीकृत सामाजिक सुरक्षा । सार्वजनिक दायित्व वहन गर्ने गतिशील निजी क्षेत्र । जिम्मेवारीबाट नपन्छिने, जतासुकै हस्तक्षेप नगर्ने कल्याणकारी राज्य । मानवीय न्याय, स्वतन्त्रता, मानवीय खुसी र सुखी समाजवादका अन्तिम लक्ष्य ।

समुन्नतिका आधार 
प्रविधि प्रयोगी दक्ष नागरिक । स्वच्छ ऊर्जा । उच्च उत्पादकत्वसहितको रोजगारमुखी कृषि । बहुआयामिक वातावरण–मैत्री पर्यटन । प्रतिस्पर्धी बजारसँग गाँसिएको उद्योग–व्यवसाय । दूरी र लागत घटाउने पूर्वाधार ।

हाम्रो बसोवास
स्वच्छपानी, हावा र खुला मैदानसहितका सुरक्षित बस्तीहरूको सञ्जाल । स्थानीय रोजगारी र आम्दानी, सबैलाई गुणस्तरीय शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा, सुरक्षा र सम्मान । नेपाली गाउँको मौलिक चरित्र झल्काउने आधुनिक नगरीकरण ।

व्यवस्थाको प्रश्न
७० वर्षको संघर्षबाट प्राप्त बहुलवादमा आधारित संसदीय समावेशी प्रणालीको जगेर्ना । मौलिक हक र विधिको शासनको प्रत्याभूति । भ्रष्टाचारविरुद्ध कठोर संघीय सुशासन । बारम्बार नयाँ प्रयोगको निरुत्साहन, निरन्तर क्रमिक सुधारको मार्ग प्रशस्त गर्ने पद्धति ।

सामाजिक–धार्मिक सदभाव
समाजका हरेक समूहबीच सहकार्य । सनातनदेखि चलिआएको धर्म, परम्परा र संस्कृतिको संरक्षण । सामाजिक पुँजीको जगमा सामुदायिक विकास ।

परराष्ट्र सम्बन्ध
नेपालको अखण्डता र स्वाभिमानको रक्षा । बलियो अर्थ–कूटनीतिक अभ्यास । भाइचारामा आधारित असंलग्न नीति । विभिन्न ध्रुवमा विभक्त विश्व व्यवस्थामा नेपाल र नेपालीको मौलिक पहिचानको प्रवर्द्धन ।