१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण २६ सोमबार २१:०१:००
Read Time : < 1 मिनेट
प्रदेश

प्रहरीद्वारा १२ जना फरार अभियुक्त पक्राउ

Read Time : < 1 मिनेट
२०७७ श्रावण २६ सोमबार २१:०१:००

जिल्ला प्रहरी कार्यालय लमजुङले विभिन्न मुद्दामा दोषी ठहर भई वर्षौंदेखि फरार रहेका १२ जना अभियुक्तलाई पक्राउ गरेको छ । उनीहरूमध्ये १० जनालाई पछिल्लो पाँच दिनमा र दुईजनालाई साउनको पहिलो साता पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगाबहादुर थापाले फैसला कार्यान्वयनको सिलसिलामा न्यायिक निकायबाट कैद तथा जरिवाना तोकिएका र फरार अभियुक्तहरूलाई खोजतलास गर्ने क्रममा उनीहरू पक्राउ परेको बताए । उनका अनुसार २१ देखि २५ साउनसम्म सवारी ज्यान मुद्दामा फरार राइनस नगरपालिका– १ का सन्देश घिमिरे र सुन्दरबजार– ८ का रोहित कार्की, लागुऔषध मुद्दामा फरार सुन्दरबजार– ५ का मंगलसिं तामाङ, कुटपिट अंगभंग मुद्दामा फरार दोर्दी– ५ का डम्बरजंग घले, चोरी मुद्दामा फरार बेसीसहर–२ का हरिबहादुर विक, वनसम्बन्धी मुद्दामा फरार मर्स्याङ्दी–७ का अजय गुरुङ, मध्यनेपाल– ६ का सन्तबहादुर बराल र मध्यनेपाल–६ का माधव अधिकारीलाई पक्राउ गरेको हो ।

यस्तै ठगी मुद्दामा फरार मध्यनेपाल– ७ की गीता रेग्मी पौडेल र सार्वजनिक मुद्दामा फरार मध्यनेपाल– ४ का आशिष थापामगरलाई पक्राउ गरेको डिएसपी थापाले बताए । जेल सजाय भुक्तान गर्न बाँकी रहेका पुराना अभियुक्तकाे पछिल्लो समय खोजी तीव्र पारेको उनले बताए ।