१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ श्रावण २६ सोमबार २०:३१:००
Read Time : < 1 मिनेट
समाचार

दाहसंस्कारपछि कोरोना पुष्टि, मलामी खोज्दै प्रहरी 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ श्रावण २६ सोमबार २०:३१:००

धनुषामा कोरोना भाइरस संक्रमणबाट सोमबार थप एकजनाको मृत्यु भएको छ । स्थानीय विनयतारा फाउन्डेसन क्यान्सर सेन्टरमा गार्डको रूपमा काम गर्दै आएका पुरुषमा मृत्युपश्चात् कोरोना पुष्टि भएको हो ।

मिथिला बिहारी नगरपालिका– ५ मा घर भएका ती पुरुषमा दाहसंस्कारपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । उनमा कोरोना पुष्टि भएपछि अहिले प्रहरीले मलामी र सम्पर्कमा आएकाहरूको खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । यसअघि कोरोना संक्रमणबाट धनुषामा एक महिलासहित दुईजनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घन्टामा मात्रै धनुषामा दुई महिलासहित १३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश २ मा कोरोना संक्रमितको संख्या पाँच हजार आठ सय ९४ पुगेको छ । 

चार स्थानीय तहमा पूर्ण लकडाउन 
कोरोना भाइरस महामारी बढेसँगै धनुषाका चार स्थानीय तहले पूर्ण लकडाउन घोषणा गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका र नगराइन नगरपालिकाले पूर्ण लकडाउन घोषणा गरेका हुन् ।