१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २६ सोमबार १६:५२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमित थप चारजनाको निधन, हालसम्म संक्रमणबाट ७९ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २६ सोमबार १६:५२:००

कोरोना संक्रमित थप चारजनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई महिला र दुई पुरुषको मृत्यु भएको हो ।

थप चारजनाकाे निधन भएसँगै देशभर संक्रमणबाट मृत्यु हुनेकाे संख्या ७९ पुगेकाे मन्त्रालयले जनाएकाे छ । 

मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिका– १० का ७६ वर्षीय पुरुषको सोमबार मेडिकेयर अस्पतालमा निधन भएको हाे।

त्यसैगरी काठमाडौंको कीर्तिपुर नगरपालिकाका ६४ वर्षीय पुरुषको पनि सोमबार निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

बाँके जिल्ला कोहलपुर नगरपालिका– २ की ७० वर्षीया महिलाकाे नेपालगन्ज मेडिकल कलेजमा आइतबार मृत्यु भएको हो । उनी उच्च रक्तचापको बिरामी भएको गौतमले जानकारी दिए ।

त्यसैगरी पर्सा जिल्लाकी ४५ वर्षीया महिलाको पनि आइतबार निधन भएको छ । नारायणी कोभिड अस्थायी अस्पतालमा उनको निधन भएको हो ।