१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण २६ सोमबार १६:११:००
Read Time : > 3 मिनेट
विश्व डिजिटल संस्करण

यी हुन् विश्वकै धनी पाँच व्यक्तिका महँगा घर

Read Time : > 3 मिनेट
२०७७ श्रावण २६ सोमबार १६:११:००

१. जेफ बेजोस (कुल सम्पत्ति १८१.२ खर्ब डलर)
सेन्चुरी टावर मूल्य (८० मिलियन डलर)

रियल स्टेटका धुरन्धर तथा अमेजोनका सिइयो जेफ बेजोस लगातार विश्वकै धनी व्यक्ति हुन् । अमेरिकाको चर्चित सहरमा उनका घर तथा अपार्टमेन्ट छन् । न्युयोर्क तथा टेक्सासमा अपार्टमेन्ट लिएका बेजोसले वासिंटन र क्यालिफोर्नियामा भव्य महल किनेका छन् ।

घर किनबेचमा सौखिन बेजोसले गत वर्ष मात्र पश्चिम टेक्सासमा एक लाख ६५ हजार स्क्वायर फिटको ‘वाटरफन्ट हाउस’ निकेका थिए । उनले अमेजोनको मुख्य कार्यालयनजिकै २९ हजार स्क्वायर फुटको घरलाई निजी निवास बनाएका छन् ।

न्युयोर्कमा रहेको सेन्चुरी टावरको अपार्टमेन्ट १७ हजार स्क्वायरफिट रहेको छ । न्युयोर्कमा रहँदा बेजोस यसै टावरमा रहने गर्छन् । उनका अन्य घर वा अपार्टमेन्टको मूल्य नखुलाए पनि सेन्चुरी टावरको मूल्य ८० मिलियन डलर पर्छ । यो अपार्टमेन्टमा १२ बेडरुम छन् । उनले पाहुना तथा आफ्ना लागि छुटै किचेन बनाएका छन् । यस अपार्टमेन्टमा २० जना सहजै बस्न मिल्ने सानो डिएटर बनाइएको छ । 

२. बिल ग्रेट्स (कुल सम्पत्ति ११३.५ खर्ब डलर)
मेडिना घरको मूल्य (१२७ मिलियन डलर) 

माइक्रोसफ्टका मालिक बिल गेट्स लगातार २३ बवर्ष विश्वकै धनी व्यक्ति बने । अहिले उनलाई बेजोसले विस्थापित गरेका छन् । अमेरिकाबाट प्रकाशित हुने फोर्ब्स पत्रिकाका अनुसार गेट्स अहिले विश्वका दोस्रो धनी व्यक्तिमा पर्छन् । गेट्सले सन् १९९८ मा वासिंटनमा २० लाख डलर खर्चिएर घर किनेका थिए । अहिले यसको मूल्य १७० मिलियन डलर पुगेको छ ।

६० हजार स्क्वायरफिटमा फैलिएको मेडिना नामको घर पुनर्निर्माणमा सात वर्ष लाग्यो । अत्याधुनिक सुविधायुक्त घर बनाउँदा बिल गेट्सले ६३.३ मिलियन डलर खर्च गरे । अहिले यो घरको नाम ‘सानाडु २.०’ नाम राखिएको छ । घरको विशेषता भनेकै यहाँ प्रयोग गरिएको काठ हो । घरमा प्रयोग भएका अघिकांश काठ पाँच सय वर्ष पुरानो डग्लास रूखको हो । 

अफिस टाइमपछि निवासमै बस्न रुचाउने बिल गेट्सले सातवटा ठूला ब्रेडरुम र अन्य १८ वटा कोठा बनाएका छन् । दैनिक घरको हेरचाह गर्न पाँच सयजना कर्मचारी छन् । विशेष पाहुना आउँदा बिट गेट्सले थप सयजना कर्मचारी खटाउने गर्छन् ।

उनको डाइनिङ हलमा सहजै दुई सयजना पाहुना अटाउँछन् । यहाँ दैनिक ६ किचेन प्रयोग हुन्छ । पाहुनाहरूको शरीरको तापक्रमअनुसार कोठामा अक्सिजन र प्रकाश आउने गर्छ । तालको नजिक भएकाले बिल गेट्स फुर्सद पाउँदा साँझको समयमा महँगा यार्चमा सवार हुन्छन् । 

३. बर्नान्ड अर्नाउल्ट (कुल सम्पत्ति (१०७.५ विलियन पाउन्ड) वेभर्ली हिल्स (३० लाख मिलियन डलर)
फ्रान्सका खर्बपति बर्नान्ड अर्नाउल्ट विश्वकै तेस्रो धनी व्यक्ति हुन् । बर्नान्डको कम्पनी लुइस भुट्सन तथा सेफोरा ब्रान्डबाट उत्पादित सामग्री विभिन्न ७० राष्ट्रमा मार्केट लिएको छ । सन् २०१९ मा अमेरिकन ज्वेलरी तिफनी एन्ड कम्पनीसँग सहकार्य गरेपछि बर्नान्डको आम्दानी बढ्यो । महँगा यार्चमा विकेन्ड मनाउन मन पराउने बर्नान्ड त्यत्तिकै राम्रा–राम्रा बंगला किनेका छन् । फ्रान्स तथा अमेरिकाका दर्जनौँ घरका मालिका बर्नान्ड पछिल्लो समय लसएन्जलसको वेभर्ली हिल्समा अवस्थित दरबारमा बस्दै आएका छन् । 

सन् २०१६ मा किनेको यस दरबारको मूल्य ३०.५ मिलियन डलर रहेको छ । चारैतिर हरियाली भएको दरबारमा पाहुनाले आधुनिक प्रविधिको उपयोग गर्न पाउँछन् । ६४ सय स्क्वायर फिटको दरबार १६औँ शताब्दीमा बनेको मानिन्छ । फुटबल मैदानदेखि टेनिसकोर्टसम्म छन् । बर्नान्डले विशेष अवसरमा दरबारको मुख्य हल प्रयोग गर्छन । मुख्य हलको पुनर्निर्माण गर्न मात्र उनले १६ लाख डलर खर्चिए । यसका साथै बर्नान्डले पाहुनाहरूका लागि कोठा छुट्याएका छन् । 

४. मार्क जुकरबर्ग (८६.५ बिलियन डलर)
फालो अल्टो (४३.८ मिलियन डलर) 

सामाजिक सञ्जाल (फेसबुस) का संस्थापक मार्क जुकरबर्ग विश्वकै चौथो धनी व्यक्ति हुन् । फोर्ब्सको पछिल्लो डाटाअनुसार उनको कुल सम्पत्ति  ८६.५ खर्ब डलर रहेको छ । विश्वकै युवा धनी व्यक्ति मार्कले आफ्नो आम्दानीको धेरैजसो सामाजिक कार्यमा खर्च गर्छन् । सन् २०११ मा उनले क्यालिफोर्नियाको पालो अल्टोमा एक घर किनेका थिए । त्यसवेला यो घरको मूल्य ७० लाख डलर थियो । अहिले यसको मूल्य ४३.८ मिलियन डलर पुगेको छ ।

 

पाँच हजार स्क्वायरफिटको फालो अल्टो तीनपटक डिजाइन परिवर्तन भएको छ । बाहिरबाट हेर्दा सामान्य लाग्ने फालो अल्टोभित्र मौलिकाले भरिएको छ । यो घर सन् १९०३ मा बनेको मानिन्छ । यहाँ राखिएका सबैजसो काठ र अन्य सामग्री सय वर्षभन्दा पुराना छन् । फुर्सद पाउँदा फेसबुकका संस्थापक मार्क जुकरबर्ग बगैँचामा बोटबिरुवाको हेरविचार गर्छन् । यस घरमा सुमिङ पुल तथा सनबाथ लिने रुम छन् । पाँच बेडरुमसहितको घरमा पाँचैवटा बाथरुम पनि छन् ।

मुकेश अम्बानी (कुल सम्पत्ति ८१.३ बिलियन डलर)
अन्टिएला : २ खर्ब डलर

भारतको चर्चित कम्पनी रिलायन्सका मालिक मुकेश अम्बानी पाँचौँ धनी व्यक्ति हुन् ।  धिरुभाइ अम्बानीका छोरा मुकेशले भारतमै पहिलोपटक फाेर जी फोन लन्च गरेका थिए । अम्बानीका मुम्बईको चुम्बला हिल्समा २७ तलाको गगनचुम्बी घर छ । सन् २०१० मा अन्टिएला नाम राखेको यस घरको निर्माण पूरा हुँदा दुई खर्ब डलर खर्च लागत निस्कियो ।

 

पाँच सय ५८ फिट अग्लो घरमा १० वटा लिफ्ट छन् । यो भारतको पहिलो तथा विश्वकै दशौँ महँगो घरमा गनिन्छ । चार लाख स्क्वायरफिट रहेको अन्टिएला घरमै अफिस छ । यहाँ सहजै एक सय ६८ कार पार्किङ गर्न सकिन्छ । हेलिप्याडको व्यवस्थासमेत भएको एन्टिएला स्विमिङदेखि दुईतले रिक्रिएसन सेन्टर पनि छन् । यहाँ ५० जना अट्ने मिनी थिएर छ । 

एजेन्सीको सहयोगमा