१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण २६ सोमबार १५:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विपतमा परेका स्थानीय तहलाई प्रदेश सरकारले एक करोड ८० लाख दिने

Read Time : < 1 मिनेट
२०७७ श्रावण २६ सोमबार १५:३३:००

यस वर्ष बाढीपहिरोका कारण विपतमा परेका स्थानीय तहलाई बागमती प्रदेश सरकारले एक करोड ८० लाख सहयोग गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको बागमती प्रदेश विपत व्यवस्थापन निर्देशक समितिले बाढीपहिरोका कारण क्षति पुगेका प्रदेशभित्रका आठ गाउँपालिका र एक नगरपालिकालाई एक करोड ८० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री तथा समितिका अध्यक्ष डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले आठ गाउँपालिका र एक नगरपालिकाका विभिन्न क्षेत्रमा भएको क्षतिका आधारमा सहयोग उपलब्ध गराउने निर्णय गरेको समितिले जनाएको छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिकालाई ३० लाख, धादिङकै सिद्धलेक गाउँपालिका र गजुरी गाउँपालिकालाई २०–२० लाख, नुवाकोटको बेलकोटगढी नगरपालिकालाई २० लाख, सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई १५ लाख र बाह्रबिसे नगरपालिकालाई १५ लाख, दोलखाको गौरीशंकर गाउँपालिकालाई ३० लाख, कालिञ्चोक गाउँपालिकालाई १५ लाख र बिगु गाउँपालिकालाई प्रदेश सरकारले १५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले जानकारी दिए । 

प्रदेश सरकारले यसअघि बाढीपहिरोका कारण ज्यान गुमाएका परिवारलाई स्थानीय तहमार्फत जनही एक लाख उपलब्ध गराइसकेको छ ।