मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रमेश रावल सुर्खेत
२०७७ श्रावण २६ सोमबार १५:२४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार नाघ्यो

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७७ श्रावण २६ सोमबार १५:२४:००

कर्णाली प्रदेशमा सोमबार २४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या दुई हजार तीन पुगेको छ । 

प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पतालमा गरिएका परीक्षणमा २४ जनामा कोरोना पुष्टि भएको हो । 

प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यानमा ६ जना, सुर्खेतका एकजना गरी सातजना र दैलेख अस्पतालमा गरिएकाे परीक्षणमा दैलेखका १७ जनामा गरी २४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए । 

‘योसँगै कर्णालीमा दुई हजार तीन पुगेको छ,’ उनले भने, ‘आज संक्रमित २४ जनामध्ये सबै १३ वर्षदेखि ५३ वर्ष उमेर समूहका महिला र पुरुष रहेका छन् ।’

कर्णालीमा सोमबार एकजना पनि संक्रमण निको भएर डिस्जार्च नभएको र हालसम्म डिस्चार्ज हुनेको संख्या एक हजार आठ सय ८० पुगेको स्वास्थ्य सेवा महाशाखाका प्रमुख शाहीले बताए । 

‘कर्णालीमा हाल एक सय १७ जना कोरोनाका सक्रिय संक्रमित बिरामी रहेका छन्,’ उनले भने, ‘उहाँहरूको विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ ।’